मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति ट्रम्पले भने त्यस्ता ‘सिटहोल’ देशका नागरिकलाई किन बस्न दिने

राष्ट्रपति ट्रम्पले भने त्यस्ता ‘सिटहोल’ देशका नागरिकलाई किन बस्न दिने


हिमालयखवर संवाददाता
अमेरिका- राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावासी नीतिमा पुन अनुदार रवैया देखाउँदै केही सांसदले हाइटी, एलसाल्भाडोर र अफ्रिकी देशका अमेरिकामा बसोबास गर्दै आएको नागरिकलाई यहाँ बस्ने सुविधा दिन गरेको आग्रहको प्रतिकृयामा भद्दा शब्द प्रयोग गरेका छन् ।
 
द वासिंटन पोष्टको समाचार अनुसार इमिग्रेसन सम्बन्धी नीतिमा सर्वदलीय सहमति जुटाउन भइरहेको छलफलका क्रममा केही सांसदले राष्ट्रपति कार्यालय ओभेल अफिसमा ट्रम्पलाई ती देशका नागरिकलाई अमेरिका बस्ने छुट दिन प्रस्ताव गरेका थिए ।
 
हामीलाई त्यस्ता यहाँ आएका आची आउने प्वाल (सिटहोल) जस्ता देशका नागरिकलाई अमेरिका किन बस्न दिनु पर्यो भन्ने वाक्य राष्ट्रपति ट्रम्पले बोलेको पोष्टले वार्तामा सहभागीलाई उदृत गर्दै समाचार दिएको छ । यस्ता देशका सट्टामा अमेरिकाले नर्वे जस्ता देशका नागरिकलाई आउन दिनुपर्ने सुझाव ट्रम्पले दिएका थिए । नर्वेका प्रधानमन्त्रीलाई ट्रम्पले बुधवार वासिंटनमा भेटेका थिए । 
 
सिनेटर लेण्डसीई ओ ग्राहम र रिचार्ड ज डरविनाले इमिग्रेशन नीतिमा डीभी लटरीवाट अमेरिका आउनको संख्यामा आधा कटौती गरेर टीपीएस पाएका हाईटी , सल्भाडोर जस्ता देशका नागरिकलाई प्राथमिकता दिन प्रस्ताव गरेका थिए । यही क्रममा राष्ट्रपति ट्रम्पले भद्दा शब्द प्रयोग गरेका हुन् पोष्टले समाचारमा जनाएको छ । 
 
तर, ह्वाइट हाउसका अधिकारीले भने ट्रम्पको भनाइको प्रतिवाद गरेका छन् । केही वासिंटनका राजनीतिज्ञ विदेशी देशको पक्षमा लागेर लडाई लड्दैछन तर, राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको पक्षमा लडिरहनेछन् ह्वाइटहाउसका प्रवक्ता राज शाहले वासिंटन पोष्टको समाचार पछि जारी विज्ञप्तिमा भनेका छन् ।
 
अन्य देशमा गुणस्तरी आप्रवासी लिने गरेका छन् राष्ट्रपति ट्रम्पपनि यो समस्याको स्थायी समाधानका लडिरहेका छन् शाहको विज्ञप्तिमा उल्लेख छ । ती सांसदले टीपीएस कार्यक्रममा रहेकालाई यहाँ बस्न दिन, अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउन १ अर्ब ५० करोड डलर खर्च र भिसा लटरी प्रणाली (डीभी)मा परिवर्तन गर्न सुझाव दिएका थिए । 
 
अमेरिका प्रशासनले यसै साता एलसाल्भाडोरका नागरिकले पाएको टीपीएस सुविधा रद्द गरेको थियो । हाईटीका अमेरिका बस्ने नागरिकलाई दिइएको टीपीएस पनि रद्द भएको छ । 
 
डीभी लटरी मार्फत ५५ हजारलाई अमेरिकारले भिसा दिदंैं आएको छ । यो कार्यक्रमबाट हज्जारौं अफ्रिकी नागरिक अमेरिका आएका छन् । यो कार्यक्रमबाट अमेरिका आउने नेपालीको संख्या पनि उल्लेख्य छ । यो करिब २ दशक अधि सुरु भएको कार्यक्रम हो । ट्रम्पले यो कार्यक्रम बन्द गर्ने यस अघि सार्वजनिक गरेका थिए ।