मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युटाह्मा सेभेन इलेभेनका दुई हजार ग्राहकलाई हेपटाईटिस ए सरेको हुनसक्ने भन्दै सतर्क हुन सुझाव

युटाह्मा सेभेन इलेभेनका दुई हजार ग्राहकलाई हेपटाईटिस ए सरेको हुनसक्ने भन्दै सतर्क हुन सुझाव


हिमालयखवर संवाददाता
अमेरिका- युटाह् राज्यको साल्ट लेक काउण्टीका स्वास्थ्य अधिकारीले स्थानीय सेभेन इलेभेनका करिब २ हजार ग्राहकलाई हेपटाईटिस ए सरेको हुने सक्ने भन्दै सतर्क हुन सुझाव दिएको छ । 
 
त्यहाँको वेष्ट जोर्डनमा रहेको सेभेन इलेभेनमा डिसेम्बर २६ देखि जनवरी ३ सम्म गएका ग्राहकले जसले त्यहाँको खाना खाएका छन् वा ट्वाइलेट उपयोग गरे उनीहरूलाई हेपटाईटिस ए सरेकोे हुन सक्ने भन्दै साल्टलेक काउण्टीको स्वास्थ्य विभागले सतर्क हुन सुझाव दिएको हो । 
 
त्यहाँका कुनै हेपटाईटिस ए भएका बिरामी मार्फत केही खानेकुरा वा टवाइलेटमा उक्त रोगका कीटाणु प्रवेश गरेको हुन सक्ने विभागले जनाएको छ । त्यस क्षेत्रमा एकाएक एकै पटक धेरैलाई हेपटाईटिस ए देखिएपछि यस्तो आशंका गरिएको हो । 
 
उक्त स्टोरमा गएका ग्राहक जसले ट्वाइलेट उपयोग गरे वा सोडा लगायतका फाउण्टेन ड्रिक, फ्रेस फुलफुल, त्यहां बनेको खाना खाए उनीहरूलाई हेपटाईटिस ए सर्न सक्ने विभागले जनाएको छ । यो अति सरुवा रोग लाग्न वाट बच्न खोप समेत लगाउन सुझाव दिइएको छ । प्याकेजका खानामा भने यो समस्या नरहेको विभागले जनाएको छ । 
 
सोमवार दिउसासम्म २ सय ५६ जनालाई स्वास्थ्य विभागले खोप लिन पठाएको सीएनएनले स्थानीय समाचारलाई उल्लेख गर्दै जनाएको छ । 
 
उक्त स्टोरका करिब २ हजार नियमित ग्राहक रहेका अनुमान छ । हेपटाईटिस ए प्रकारको अति सरुवा रोग हो । यसले कलेजोमा आक्रमण गर्छ । हेपटाईटिस रोगीले छोएका खाना, ट्वाइलेट, शरिरिक सम्पर्क लगायतवाट यो रोग सर्छ । 
 
यो रोग लाग्दा टाउको दुख्ने, बान्ता आउने, ज्वरो लगायतका लक्षण देखिन्छन् । हेपटाईटिस ए भारइसलाई सजिलै मार्न सकिदैंन । 
 
खानासँग सम्बन्धित व्यवसायमा संलग्ने हुनेले हेपटाईटिस ए को खोप लगाउनु राम्रो हुने विभागका कार्यकारी निर्देशक गरी इडवार्डसले बताए । बिरामी भएको अवस्थामा काम गर्न नहुने, स्वास्थ्य सम्बन्धी मापदण्डहरू पुरा गर्नु पर्ने, हात राम्रोसँग धोएर मात्र काममा फर्कनु पर्ने कुरा पनि महत्त्वपूर्ण हुने उनले बताए । 
 
 स्वास्थ्य विभागको चेतावनी पछि स्टोरले कीटनाशक छर्केर सफा गरेको छ । यो स्वास्थ्य समस्यामा सेभेन इलेभेनले स्वास्थ्य अधिकारीलाई पूर्ण सहयोग गरेको स्टोरले जनाएको छ ।