मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन भेटे पूर्व राजा ज्ञानेन्द्रले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई

किन भेटे पूर्व राजा ज्ञानेन्द्रले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई


हिमालयखवर संवाददाता
काठ्माडौ- पूर्व राजा ज्ञानेन्द्र र उत्तर प्रदेशका कट्टर हिन्दुवादी नेता तथा मुख्यमन्त्री योगी आदित्यनाथ बिच भारतको लखनऊमा भेटवार्ता भएको छ । पश्चिम नेपालको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र लखनऊ पुगेर गोरखनाथका भक्त मुख्यमन्त्री आदित्यनाथसंग भेटेका हुन् । यो भेटको बारेमा नेपालमा भने अनेक अड्कलवाजी भएका छन् । सहजरुपमा हेरिएको छैन । नेपालमा राजनीतिक तरलता भएको वेला यो भेटघाटले नयाँ चर्चापाएको छ । 
 
भेटबारे योगी आदित्यनाथले नै सामाजिक सञ्जाल मार्फत जानकारी सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको फोटोमा प्राय सधैँ गम्भीर देखिन पूर्व राजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिन्छन् । भारतका संचारमाध्यममा पनि यो भेटलाई महत्त्व दिऊँ समाचार दिइएको छ । 
 
भारतको सबैभन्दा चर्चित टेलिभिजन च्यानल आजताकले नेपालका राजा ज्ञानेन्द्रले र सीएम योगीसँग भेटघाट गरे, सास्कृतिक सम्वन्धवारे चर्चा भनेर समाचार दिइएको छ । आतकतको समाचारमा एक जनाले प्रतिकृया दिदैं नेपालमा राजतन्त्र सकिएको ११ वर्ष भईसक्दा पनि उक्त समाचार लेख्ने पत्रकार र सम्पादक मूर्ख भएको र सामान्य ज्ञानको अभाव समेत भएको उल्लेख गरेका छन् ।  
 
हिन्दीमा प्रकाशित उक्त समाचारको नेपाली भावनुवाद नेपाल नरेश राजा ज्ञानेन्द्रले सोमवार बिहान उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटघाट गरे । नेपाल नरेश र योगी बिच लखनऊ ५ कालिदास मार्गमा रहेको मुख्य मन्त्री आवासमा यो भेटघाट भएको थियो ।