मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

डा. गोविन्द केसीलाई अनसन स्थलबाटै पक्राउ (भिडियो सहित)

डा. गोविन्द केसीलाई अनसन स्थलबाटै पक्राउ (भिडियो सहित)


काठमाडौं, पुस २४ । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरी प्रधान कार्यालले डा. गोविन्द केसीलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको थियो ।
 
शिक्षण अस्पतालबाट पक्राउपछि उनलाई  बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर प्रहरी कार्यालय लगिएको हो।
 
डा.केसीलाई पक्राउ गर्न एसपी रामदत्त जोशीको कमाण्डमा ठुलो संख्यामा प्रहरी शिक्षण अस्पताल पुगेको थियो। आईओएमको डिन नियुक्तिसम्बन्धि मुद्दामा डा.केसीले दिएको अभिव्यक्तिले अदालतको अपहेलना गरेको भन्दै सोमबार अदालतले उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
 
अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । अदालतको अवहेलना गरेको भन्दै आन्दोलनरत प्रा. डा. गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।