मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काठमाडौँको तापक्रम शून्य, जुम्लामा माइनस ९ डिग्री

काठमाडौँको तापक्रम शून्य, जुम्लामा माइनस ९ डिग्री


काठमाडौँ । देशभर चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । चार दिनयता चिसो बढेको छ । देशभर डेडदर्जन बढी मानिसको मृत्युसमेत भइसकेको छ । आइतबार काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ ।
 
काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।
 
काठमाडौँको आइतबारको न्यूनतम तापक्रम डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौँको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो । शनिबार काठमाडौँको तापक्रम माइनस ३ डिग्री मापन गरिएको थियो । 
 
उपत्यकाको तापक्रम अझै एक दुई दिन स्थिर (शून्य डिग्री) रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार आइतबार पनि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । चिसो अझै बढ्ने अनुमान गरिएको छ ।  
 
सबैभन्दा कम जुम्लामा आइतबार माइनस ९ तथा सबैभन्दा बढी विराटनगर र नेपालगञ्जमा ८–८ डिग्री सेल्सियस छ । यस्तै आइतबार चितवनको तापक्रम ७ डिग्रीमा झरेको छ ।