मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा सुरु भयो दूरबीन नेपाल

अमेरिकामा सुरु भयो दूरबीन नेपाल


ह्युस्टन (टेक्सस) – अमेरिकाबाट प्रकाशित हुँदै आएका समाचारमुलक अनलाइनमा अर्को एक थप भएको छ । शनिबारदेखि दूरबीन नेपाल नामक समाचारमुलक अनलाइन सञ्चालनमा आएको हो ।
 
ह्युस्टनमा आयोजित एक कार्यक्रमबीच दूरबीन नेपाललाई सार्वजनिक गरिएको हो । नेपालमा रहँदा बिभिन्न सञ्चारमाध्यमहरुमा आवद्ध रहेका तथा अमेरिकामा आइसकेपछि मिडियामा संलग्नहरुको संयुक्त प्रयासमा यो अनलाइन सुरु भएको हो । 
 
सार्वजनिक कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले शूभकामना व्यक्त गर्दै सत्य, तथ्यपूर्ण समाचारको अपेक्षा आफुले गरेको बताए । 
 
त्यस अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष भोला आचार्य, हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल, एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद उत्तर अमेरिका क्षेत्रीय उप संयोजक नबिन शेरचन, नेप्लिज एशोसियसन अफ ह्यूस्टनका अध्यक्ष ज्योती घिमिरे, एसोसियन अफ नेप्लिज ईन अमेरिकाका महासचिव बिजयराज भट्टराई, प्रबासी नेपाली मञ्चका पुर्व उपाध्यक्ष जीवन जोशीले दुरबिनलाई सफलताको शुभकामना दिएका थिए ।
 
त्यस अवसरमा एनअारएन अमेरिकाका मिडिया कोअर्डिनेटर बाल जोशी, दूरबीन मिडियाका अध्यक्ष तोया दाहाल लगायतले प्रवासबाट सञ्चालनमा आएका मिडिया र तिनले खेलेको भूमिकाका बारेमा बोलेका थिए । 
 
वक्ताहरुले संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा मिडियाको वृद्धिको आवश्यकता औँल्याएका थिए । वक्ताहरुले मिडियामा प्रयोग भएका भाषा, शैली, समाचारको प्रस्तुतिमा सुधार गर्न सुझाव दिएका थिए ।