मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौतारीमा पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस सम्पन्न

चौतारीमा पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस सम्पन्न


पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस, बिभिन्न कार्यक्रमका साथ देश विदेशमा मनाइएको छ। नेपाली टोपी दिवसलाई थप व्यवस्थित र विश्वमय बनाउने उदेश्यले, ‘नेपाली टोपी प्रतिष्ठान’ नामक सामाजिक संस्था गठन गरी तदर्थ समिति पनि निर्माण गरिएको छ। जसको अध्यक्षमा संस्थापक मध्येका एक शंकर बन्जाडे र उपाध्यक्षमा अर्का संस्थापक डा. लेखनाथ काफ्ले छन्।

पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने क्रममा, ‘नेपाली टोपी प्रतिष्ठान’का तदर्थ समितिका सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउबालाई नेपाली टोपी र मायाको चिनो प्रदान गरेका छन्। उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले संस्थाका सदस्यहरु क्रमसः शंकर बन्जाडे, प्रकाश अधिकारी, भुवन नेपाल, प्रभाकर आचार्य, सन्जिब पुडासैनी र रोशन झालाई नेपाली टोपी लगाई दिनु भएको थियो।

 

नेपाली टोपी, नेपालीको शान, मान र पहिचान’ भन्ने नाराका साथ यस वर्ष पनि जनवरी १ मा अन्तर्राष्ट्रिय स्तरमा नेपाली टोपी दिवस मनाउन चौतारी (भाईबर) संजालका संयोजक नवराज पोखरेलले विश्वका ७० मुलुकमा रहनुभएका सबै सदस्यहरुलाई आग्रह गरेका थिए। आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवस मनाइएको छ। चौतारी सन्जालमा मात्र करीब २०० फोटाहरु प्रस्तुत गरिएका थिए। ईटलीको रोम शहरबाट दिनेश बाला श्रेष्ठले पठाएको उनका छोराको फोटोलाई सबैभन्दा राम्रो मानियो भने दक्षिण कोरियाको सेउलबाट केपी सिटौलाले र कतारको दोहाबाट कुमार कार्कीले पठाएका फोटाहरुलाई दोश्रो र तेश्रो स्थान दिईएको छ।

डा. गोबिन्द सिंह रावतले क्यानाडाबाट ‘नेपाली टोपी दिबस र बहस’ नामक लेख फेसबुक मार्फत प्रस्तुत गरे। फ्रान्सबाट मीन जिसीले ‘नेपाली टोपीलाई हामी सबैले खरिद गरि नेपालमा टोपी उत्पादनमा प्रोत्साहन दिनु पर्दछ’ भने। ‘मेरो टोपी हिमालको शीर जस्तो’ थाईल्याण्डबाट मिलन घिमिरेको नारा थियो। ‘नेपाली पोशाक, मेरो पहिचान’ नेपालबाट रमेश कंडेलले भने। स्पेनको बार्सेलोनाबाट दीपक खरेलको अनुरोध थियो ‘नेपाली टोपी लगाएको फोटो सामाजिक संजालका प्रोफाईलमा राखौं’।

आयरल्याण्डबाट राजन काफ्लेले र जर्मनीबाट राम प्रताप थापाले टोपी दिबसको सफलताको कामना गरे। अमेरिकाबाट गोमा सेनले ‘दौरा सुरुवाललाई पनि दिवसको रुपमा मनायौ’ भने। फ्रान्सबाट सुबर्ण हमालले फेसबुकमा नेपाली टोपीको ‘एप’ डेभेलोप गर्न आग्रह गरे। बेलायतबाट सोम सापकोटाले सबै एनआरएनए एनसीसीलाई बिभिन्न कार्यक्रम सहित नेपाली टोपी दिबस मनाउन अनुरोध गरे।

पोल्याण्डबाट डा. बोधराज सुबेदीको भनाई थियो ‘नेपाली टोपी दिबस मनाउने क्रमलाई हामीले गौरवता ठान्नु पर्दछ’। ‘शिरको शोभा, नेपाली टोपी’ स्पेनबाट शालिक राम डुम्रे भन्छन्। नवराज रेग्मीले ‘जय नेपाली टोपी दिबस’ भने। नेपाली पहिचान संसारमा चिनाउन टोपी दिवसलाई राज्यको तर्फबाट मान्यता दिलाउन यसपटकबाट नेपाल पर्यटन बोर्ड पनि सहभागी भएको छ।

यसैक्रममा बेल्जियमबाट युबराज गुरुंगले टोपी दिबसको सफलताको कामना गरे। दक्षिण कोरियाको सेउलबाट केपी सिटौलाले ‘लुम्बिनी, सगरमाथा र टोपीको शान, हामी नेपालीको गौरब अनि पहिचान’ भन्दै दिवसमा सहभागी बने। रोमानियाबाट चौतारीका संयोजक नवराज पोखरेलले ‘यो बर्ष पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाऔ’ भने। स्वीडेनबाट प्रेम गौतमले राष्ट्रिय पहिचानमा टोपीको ठूलो महत्व रहेको कुरा बताए। लक्सेम्बरबाट बलहरि राई भन्छन ‘मेरो टोपी कैलाशको शीर जस्तो, मेरो टोपी हिमालको भिर जस्तो,कहिल्यै पनि झुक्न नजान्ने, कहिल्यै पनि लुक्न नमान्ने, मेरो टोपी नेपाली बीर जस्तो’।

 

अष्ट्रेलियाबाट महेन्द्र लम्सालले नेपाली टोपी दिबस अभियानमा एकबद्द्यता देखाए। थाईल्याण्डबाट खगेन्द्र ढकाल, फ्रान्सबाट हरिहर अर्याल र जापानबाट भूषण घिमिरेले नेपाली टोपी दिबसको सफलताको लागि शुभकामनाहरु पठाए। डेनमार्कबाट दिपक सापकोटा लेख्छन ‘जहाँ रहे भए पनि नेपाली पहिचान – नेपाली टोपी – शीरको टोपीले सबैको मनोबल उच्च राख्न प्रेरित गरोस, सबैको जय होस्, सबैलाई शुभकामना’।

 

पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा शुभकामना सहित टोपी लगाएर खिचेका फोटाहरु चौतारीमा पठाउने नेपालीहरु छन : डा. लेखनाथ काफ्ले, शंकर बन्जाडे, मन भुर्त्याल, एकराज गिरी, डा. गोबिन्द सिंह रावत, बिकाशराज न्यौपाने, मिन जिसी, नवराज पोखरेल, मिलन घिमिरे, शालिकराम डुम्रे, रमेश कंडेल, जीबा लामिछाने, दीपक खरेल, टासी लामा, शैलेश पोखरेल, चिरन्जिबी खरेल, दिनेश पोखरेल, दिलश्री न्यौपाने, दीपक श्रेष्ठ, नबिन थपलिया, प्रेम गौतम, बलहरि राई, राजन काफ्ले, गोमा सेन, राम प्रताप थापा, सुबर्ण हमाल, बिमल बाबु उपाध्याय, सोम सापकोटा, दामोदर नेपाल, डा. बोधराज सुबेदी, डा. एलिनी सुबेदी, झलक महत, प्रज्ज्वल खड्का, शिव रिजाल, मित्रलाल पार्दे, बोधराज पौड्याल, कृष्ण गिरी, दिपक नेपाल, नवराज रेग्मी, कुबेर कार्की, केपी सिटौला, लक्ष्य गुरुङ, द्वारिका महर्जन, भगवती बस्नेत, युबराज गुरुङ, कुमार कार्की, निर्मल अर्याल, ओम गुरुङ, हरिहर अर्याल, चिन्तामणि सापकोटा, दिपक पाण्डे, अमित कुमार यादव, दिपक क्षेत्री, दिनेश बाला श्रेष्ठ, किशोर देव पन्त, भोमा लिम्बु, पारस मणि पोखरेल, पशुपति भण्डारी, मुकुन्द अमात्य, जानकी पौडेल, एकराज गिरी, खगेन्द्र क्षेत्री, डा. जय कृष्ण ठाकुर, लक्ष्मी लामा गुरुङ, शुक्रराज न्यौपाने, सुबास खरेल, गोपाल राई, मुक्षेत्र .., पुरुषोत्तम सुबेदी, खगेन्द्र अधिकारी, अमित चामलिंग, अर्जुन कटुवाल, गोबिन्द प्रसाद गौतम, डोरनाथ अर्याल, भिम केसी कमल, दिपक खड्का, एकेन्द्र मल्ल, डा. बद्रि केसी, मिनकुमार श्रेष्ठ, डिल्ली खरेल सुमन, राज सुबेदी, दिपक न्यौपाने, कुबेर कार्की, दिवान गुरुङ, कुमार पण्डित, महेन्द्र चम्लागाई, सोम सैंजु, जय प्रकाश गुरुङ, छत्र अधिकारी, खगेन्द्र ढकाल, सुरेन्द्र प्रधान, दिपेन्द्र कार्की, सुरेन्द्र श्रेष्ठ, कृष्ण अधिकारी, नवराज कोईराला, हरि खत्री, थर्क सेन, तेन्जी शेर्पा, महेन्द्र लम्साल, खगेन्द्र दाहाल, भूषण घिमिरे, खगेन्द्र न्यौपाने, प्रभाकर खड्का, रबिन गुरुङ, बुद्धसागर घिमिरे, फडिन्द्र पन्त, भुपराज पौड्याल, खिमलाल पन्थी, राजन काफ्ले, गणेश गुरुङ, कुल आचार्य, शम्भु ढुंगाना ।