मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पावरबल र मेगामिलियनको पुरस्कार राशि झन्डै ८० करोड डलर पुग्यो

पावरबल र मेगामिलियनको पुरस्कार राशि झन्डै ८० करोड डलर पुग्यो


हिमालयखवर संवाददाता
अमेरिका- गत साता पनि कसैलाई पावरवल र मेगामिलियन चिठ्ठा नपरेपनि यसको संयुक्त पुरस्कार राशि भण्डै ८० करोड ( ८१ अर्ब नेपाली रुपैंया) अमेरिकी डलर पुगेको छ । 
 
२ डलर खर्च गर्दा यो चिठ्ठा जित्नु असम्भव तर सम्भव भने छ । गत शनिवार पनि पावरवल ज्याकपट कसैलाई नपर्दा यसको पुरस्कार राशि बढेर ४४ करोड डलर पुगेको हो । 
 
गत साता कसैलाई नपरेकाले मङ्गलवार खुल्ने मेगामिलियनको पनि पुरस्कार राशि ३४ करोड ३० लाख डलर पुगेको छ । पुरष्रकार राशि ठुलो हुदंै गएकाले कयौँ ग्यांस स्टेसनमा चिठ्ठा किन्ने बढेका छन् । 
 
२ डलर खर्च गरेर चिठ्ठा किन्दा पर्ने सम्भावना भने करोडौमा १ हुन्छ । तर, पनि पर्‍यो भने धनकुवेरनै हुन सकिन्छ । अमेरिकामा चिठ्ठामा ठुलो धनराशी खर्च हुन्छ । सन् २०१६ मा मात्र अमेरिकीले ८० अर्ब डलर चिठ्ठामा खर्च गरेका थिए ।