मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नायक बिक्रान्त बस्नेत चलचित्र ‘भैरे’मा ब्यस्त

नायक बिक्रान्त बस्नेत चलचित्र ‘भैरे’मा ब्यस्त


बिक्रान्त बस्नेत नेपाली चलचित्र क्षेत्रमा कुनै नौलो नाम होईन । उनले थुप्रै नेपाली टेलिसिरियल एवं चलचित्रमा अभिनय गरेर नेपाली दर्शकहरुको मन जित्न सफल भएका छन् । बुबा भक्त बहादुर बस्नेत र आमा इन्द्रमाया बस्नेतका सुपुत्रको रूपमा सर्लाही नवलपुरमा जन्मेका नायक बिक्रान्त बस्नेत सात वर्ष लामो अमेरिका बसाइपछि चलचित्र “भैरे”मार्फत नेपाली चलचित्र क्षेत्रमा उत्साहजनक कमब्याक गरेका छन् । उनको चलचित्र क्षेत्रको आगमनलाई नेपाली दर्शकरुले निकै उत्साहका साथ हेरेका छन् ।

बज्रपात, “मिसन लभ इन सिक्किम”, “बारुद’, “पल पलमा”, “मिस्टर डन”, “प्रेम युद्ध”, लगायत दर्जनौं सुपरहिट चलचित्रहरुमा लगभग काम गरिसकेका नायक बिक्रान्त बस्नेतले नेपाल टेलिभिजनमा नब्बे भागमा प्रसारित भएको ‘किनारा’नामक टेलिसिरियलमा अत्यन्तै मनछुने अभिनय गरी दर्शकहरुबाट अत्यधिक वाहवाही बटुल्न सफल भएका थिए ।

बि.सं २०६० सालबाट अनवरत रूपले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका कलाकार बिक्रान्त बस्नेत एक प्रखर र जोशिला युवा कलाकार हुन् । करिब ३ दर्जनभन्दा बढी चलचित्र क्षेत्रमा उत्कृष्ट अभिनयद्धारा जनताको मन जित्न सफल चर्चित नायक बस्नेतले देशका सुटिङको क्रममा प्राय सबै ठाउँमा पुगेर आफ्नो अभिनय कौशलता देखाईसकेका छन् ।

नायक बिक्रान्त बस्नेत शरीर हेर्दा जति हृष्टपष्ट देखिन्छन् त्यतिनै कोमल हृदयका धनी पनि छन् । मातृभूमिलाई प्राणभन्दा प्यारो ठान्ने नायक बस्नेत आफ्नो मुटुभन्दा प्यारो देशबाट बिछोडिनुपरेको पीडा कस्तो हुन्छ रु भन्नेकुरा शब्दमा बताउन चाहदैनन् । लामो समय परदेशिएर पुनः चलचित्र “भैरे” मार्फत नेपाली सिने जगतमा उपस्थिति जनाईसकेका नायक  बिक्रान्त बस्नेतले चलचित्र ‘भैरे’मा

  एक साधारण गाउँले यूवाको भूमिका निर्वाह गरेका छन् । नेपाली मौलिकताको बेजोड प्रस्तुति,नेपाली परिवेशको अत्यन्त मनछुने कथा,पटकथा,संगीत एवं बहुआयामिक शैलीमा करोडौं दर्शकको मन जित्ने उद्धेश्यले निर्माण हुन लागेको चलचित्र ‘भैरे’को कुल बजेट “एक करोड” रहेको छ । लाखौं नेपाली युवाको जीवन्त कथा बोकेको यस चलचित्र ‘भैरे’ यस वर्षकै सर्वाधिक हिट हुने लगभग निश्चितप्राय छ ।

किनकि चलचित्र ‘भैरे’ मा आजसम्मकै उत्कृष्ट कथावस्तु ,उच्च छायांकन प्रविधि साथै चलचित्रलाई शिखरमा पुर्याउन नेपाली चलचित्र क्षेत्रका सर्वाधिक लोकप्रिय कलाकारहरू ,लिइएको छ । विषयवस्तुको गहिराईसम्म पुग्नको लागि कथाले मागेको स्थान छनौट गरिएको छ ।

चलचित्र ‘भैरे’ नेपाली सिने जगतमा अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा एवं उत्कृष्ट कथा,पटकथा,उत्कृष्ट टेक्निसियन,कथा,पटकथा,संवाद,संगीत,एवं सुपरहिट गीतहरुद्दारा निर्माण हुन लागेको दमदार प्रस्तुति बोकेको चलचित्र हो । दूर दराजमा छरिएर रहेका तमाम गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरे’ मा दया दयाहाङले ‘भैरे’को ज्वलन्त भूमिका निर्वाह गर्दैछन् भने सुरक्षा पन्तलाई उनको जोडीका रूपमा देख्न पाईनेछ ।

‘भैरे’मा दर्शकहरूले रुचाएका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई लगायत दर्शकहरुको मन मुटुमा बसेका जल्दा बल्दा कलाकार बुद्धि तामाङ,सफल अभिनय गर्न माहिर सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरुका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधानलाई लिइएको छ ।

 यस चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् भने बाल कलाकारहरुमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, वसन्त सापकोटा, अर्जुन पोख्रेल एवं चर्चित गायक एम बरालको सङ्गीत रहेको छ । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’ आर्थिक,सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडी बढ्नेमा दुईमत छैन  ।

समयले साथ दिएमा आगामी दिनहरूमा चलचित्र क्षेत्रमै मै समर्पित रहने  उनको योजना रहेको छ । “जस्तो पायो त्यस्तै सिनेमामा समय दिनु भनेको समयको बर्बादी मात्र हो ।” त्यसैले थोरै चलचित्रमा अभिनय गर्ने तर प्रभावकारी भूमिका,कुशल निर्देशक र असल टिम हेरेर मात्र अबका दिनहरूमा कामगर्ने र कामगर्दै जाने सोच उनको रहेको छ । नेपाली सिनेमाको फैलदो बजार अवस्थाले नेपाली सिनेमा क्षेत्रको भविष्यप्रति उनी निकै उत्साहित रहेका छन् ।

विगतमा जसरी मेरा आदरणीय दर्शकहरुबाट मैले प्रशस्त माया र हौसला पाएको थिएँ अबपनि चलचित्र ‘भैरे’मार्फत अझै बढी नेपाली सिनेमाका दर्शकको माया भरोसा र उत्साह पाउने कुरामा म आशाबादी छु, र आगामी दिनहरूमा सम्पूर्ण रूपमा मेरो कला, सीप, जोस , जाँगर सबै देशको लागि नै अर्पण गर्नेछु ।

 समयको उतार चढावले आफू निक्कै परिपक्व भएको र समयलेनै आफूलाई धेरै कुरा सिकाएको भन्दै अबको यो समय बल्ल प्रतिस्पर्धाको रुपमा नेपाली सिने क्षेत्रमा उत्रिन तयार रहेको बताउने नायक बस्नेत बाँकी दिनहरूमा आफ्नै देशको लागि पसिना बगाउने प्रतिबद्धता व्यक्त गर्दछन् । चलचित्र “भैरे” का कलाकार बिक्रान्त बस्नेतको भविष्यको योजना छिट्टै पुरा होस् ।