हिमालयखवर संवाददाता
अमेरिका- नयाँ वर्ष सुरु हुनै लाग्दा अमेरिकाको न्यूजर्सी स्थित एउटा घरमा १६ वर्षका किशोरले स्वचालित राइफल चलाएर परिवारका सदस्यको हत्या गरेका छन् ।
टाइम पत्रिकाको अनलाइन संस्करण अनुसार आइतबार साँझ नाम नखुलाईएका ती किशोरले आफ्नो बा, आमा र दिदी सहित ४ हत्या गरेका छन् ।
मनमाउथ काउण्टीका प्रोसेक्यूटर क्रिटोफर ग्र्यामिसियोनीका अनुसार तीन परिवारका सदस्य र अर्का परिवारिक मित्रको हत्या गर्ने ती किशोरको नाम सार्वजनिक गरिएको छैन । आपत्कालीन नम्बर ९११ मा फोन आएपछि प्रहरी लगंबीच स्थित उक्त घरमा पुग्दा ११ बजेर ४३ मिनेट गएको थियो ।
त्यहाँ प्रहरीले ४४ वर्षीय पिता स्टेभन कलोगी, ४२ वर्षीय आमा लिण्डा, १८ वर्षीय दिदी ब्रिटेनी र अर्का ७० वर्षीय परिवारका मित्र मेरीको मृतक शरीर पाएका थिए । यसरी गोली चल्दा अभियुक्तका हजुरुवा र दाइ पनि घरमा थिए तर, उनीहरू भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
अभियुक्तलाई प्रहरीले पक्रार गरेको छ । उनलाई गैरकानुनी रूपमा बन्दुक राखेको र हत्याको आरोप लगाएको छ । उनले यसरी स्वचालित राइफलवाट किन गोली चलाउनुका कारण भने पत्ता लागिसकेको छैन ।
फोटो: सामाजिक संजाल
प्रतिक्रिया