मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा नायक हरिबहादुर थापा सम्मानित

कोलोराडोमा नायक हरिबहादुर थापा सम्मानित


कोलोराडो, (अमेरिका) – गीति नाटक मालती मंगलेका नायक तथा वरिष्ट रंगकर्मी हरिबहादुर थापालाई कोलोराडोमा सम्मान गरिएको छ ।
 
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सनिबार स्थानीय सकृय संघ संस्थाका पदाधिकारी, कवि कवयित्री, कलाकार, व्यवसायी, गन्यमान्य तथा सर्वसाधारणको उपस्थितीमा संगीत नाट्य अकेडेमीका पूर्व प्राज्ञ थापालाई सम्मान गरिएको हो ।
 
सोही समारोहमा कथा, कविता, नियात्रा तथा पत्रकारिता मार्फत नेपाली भाषा, साहित्य र संकृतीमा अमुल्य योगदान पु¥याएको भन्दै साहित्यकार महेन्द्र चालिसेलाई पनि सम्मान गरिएको थियो । 
 
सम्मानितद्धयलाई अन्तराष्ट्रीय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल र उपाध्यक्ष मीना पौडेलले फुल माला लगाई दिई सम्मान पत्र प्रदान गरि सम्मान गरेका हुन् । 
 
अभिनन्दन कार्यक्रममा उपस्थित हुनेहरुमा रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रिपाठी, अन्तराष्ट्रिय कलाकार समाजका अध्यक्ष निर्मल प्याकुरेल, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष साबु गदाल, ब्लड डोनर्स अफ अमेरिकाका कोलोराडो च्याप्टरका अध्यक्ष टिका पौडेल, एनआरएन कोलोराडो च्याप्टरका निर्वतमान अध्यक्ष बासुदेव खनाल, उपाध्यक्ष कुमारजंग कार्की, आयोजक संस्थाको निर्वतमान अध्यक्ष भुपेन्द्र महत, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, लगायतका संघ संस्थाका प्रतिनिधी तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।