मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्राइभिङ परिक्षामा नेपाली भाषा समावेश गर्न हस्ताक्षर

ड्राइभिङ परिक्षामा नेपाली भाषा समावेश गर्न हस्ताक्षर


हिमालयखवर संवाददाता
क्यालिफोर्निया (अमेरिका)क्यालिफोर्निया राज्यमा ड्राइभिङ लाइसेन्सको परिक्षामा नेपाली भाषा समावेश गराउन हस्ताक्षर अभियान सुरू भएको छ ।
 
क्यालिफोर्निया अमेरिकाको पश्चिममा रहेको प्रशान्त महासागरसँग जोडिएको राज्य हो । डिपार्टमेन्ट अफ मोटर भेइकल (डिएमभी) ले लिने ड्राइभिङ लाइसेन्सको परिक्षामा सोधिने प्रश्नावलीमा नेपाली भाषा समावेश गर्न हस्ताक्षर सुरू भएको हो । 
 
क्यालिफोर्निया राज्यमा मात्र एकलाख नेपालीभाषी बसोबास गर्छन् । एनअरएन अमेरिकाका अइसिसी मेम्बर डिल्ली भट्टराइका अनुसार हस्ताक्षर गरेर राज्य सरकारलाइ बुझाउने कार्यक्रम छ । 
 
क्यालिफोर्निया राज्यमा लाइसेन्स परिक्षा अंग्रेजीका अतिरिक्त अरू धेरै भाषामा दिन पाइन्छ । अमेरिकाको मेरिल्यान्ड राज्यले नेपाली भाषामा परिक्षा दिन पाउने व्यबस्था गरिसकेको छ । 
 
केही महिना अघि टेक्सस राज्यका नेपाली समुदायले पनि यस्तै व्यबस्था गर्न माग गरेका थिए ।