मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अमेरिकाबाट नेपाल पैसा पठाउन सहज

अमेरिकाबाट नेपाल पैसा पठाउन सहज


काठमाडौँ– अमेरिकामा बस्ने नेपालीहरुले स्वदेशमा पैसा पठाउन अव सहज हुने भएको छ ।



नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकाको अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपलबाट विप्रेषण सेवाको सुरुवात गरेको जनाएको छ ।



सो सेवाको सुरुवात पछि अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपलमार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउन सक्ने व्यवस्था गरिएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

त्यसरी पठाएको रकम सो बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ । नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिने बंैकले जनाएको छ ।



पेपल मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषणसेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरबाट समेत प्राप्त गर्न सकिनेछ ।