मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनएसटीमा चुनाव नहुदै सुमन थापा अध्यक्ष निर्वाचित

एनएसटीमा चुनाव नहुदै सुमन थापा अध्यक्ष निर्वाचित


हिमालयखवर संवाददाता
टेक्सस- टेक्ससको सामाजिक संस्था नेपाली समाज टेक्सस (एनएसटी)मा नाटकिय रुपमा निर्वाचन नभई अध्यक्षमा सुमन थापा लगायत उनका प्यानलका सदश्य निर्वाचित भएका छन् ।
 
निर्वाचनका लागि तोकिएको मिती भन्दा ३ दिन अघि केही उम्मेदवारले चुनाव नलड्ने भनेपछि एनएसटीको निर्वाचन भद्रगोल भएको हो । उम्मेदवारी दिनेले फिर्ता लिएपछि उपाध्यक्ष पद खाली भयो I उपाध्यक्ष पदमा  एक जनाको मात्र उम्मेदवारी परेको थियो ।  अन्य पदमा चुनाव नै नभई नतिजा घोषणा हुन पुग्यो । 
 
केही साता यता एनएसटीमा समस्याहरु देखिएका थिए । बैंक खातामा समस्या, सदश्य वन्नेमा चिसोपना देखिएको थियो । अन्तिम दिनमा सदश्यता बृद्धि भई १६६६ पुगेको थियो । यो पनि यस अघिको तुलनामा निकै कम हो । तर, पनि उपाध्यक्ष लगायत अन्य केही पद वाहेक अधिकांशमा एक भन्दा बढी उम्मेदवारी परेको थियो । 
 
अध्यक्षका लागि कमल सापकोटा र सुमन थापाको उम्मेदवारी परेको थियो । तर, विहिवार एक्कासी  सापकोटा लगायत महासचिवका उम्मेदवार कमल सत्यालले आफ्नो मनोनयन फिर्ता लिने सार्वजनिक गरेपछि एनएसटी निर्वाचनले नाटकिय मोड लिएको थियो । 
 
यसरी उम्मेदवारले अन्तिम समयमा मनोनयन फिर्ता गरेको अवस्थामा के गर्ने भन्ने विषयमा छलफल गर्न निर्वाचन समितिले पुर्व अध्यक्षहरुलाई शुक्रवार दिउसो परामर्शका लागि वोलाएको थियो । त्यहांपनि तिनजना पुर्व अध्यक्ष मात्र पुगेका थिए । यस्तै शुक्रवार निर्वाचन समितिले उम्मेदवारहरुसंग पनि परामर्श गरेको थियो । 
 
सापकोटा प्यानलले छाड्ने अडान लिएपछि निर्वाचन नगर्ने निर्णय गरिएको हो । नवनिर्वाचित अध्यक्ष सुमन थापाले एनएसटीमा काम गर्ने अवसर दिएकोमा सवैलाई धन्यवाद दिए । खाली उपाध्यक्ष पद कसरी भर्ने यसमा अन्यौल छ । विधान हेरेर निर्णय गरिने निर्वाचन समिति सदश्यले जानकारी दिए ।  
 
एनएसटीको नयां कार्यसमितिमा अव अध्यक्ष सुमन थापा, उपाध्यक्ष खाली, महासचिव भक्त (वव) भण्डारी, उपमहासचिव डा परशुराम दाहाल पीएचडी, कोषाध्यक्ष अमित शर्मा, सहकोषाध्यक्ष रबि रावल, महिला संयोजक अायशा ओझा, युवा तथा विद्यार्थी संयोजक  बिमला श्रध्दा श्रेष्ठ, र सदश्यमा गोविन्द ढकाल, नवराज नाथ, नविन कोइराला, प्रयास बास्तोला, राजिव राजभाट र सविन्द्र थापा निर्वाचित भएका छन् । शनिवार हुने भनिएको मतदान नहुने भएको छ ।