मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रसंघमा अमेरिकाको हार

राष्ट्रसंघमा अमेरिकाको हार


हिमालयखवर संवाददाता
अमेरिका – संयुक्त राष्ट्रसंघले बिहीबार एक प्रस्ताव पारित गर्दै जेरुसेलम इजरायलको राजधानीका रूपमा मान्यता दिने अमेरिकाको नीति फिर्ता लिन भनेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रसंघलाई दिदैं आएको आर्थिक मद्दत रोक्ने चेतावनीलाई बेवास्ता गर्दै बहुमत द्धारा उक्त प्रस्ताव पारित गरिएको हो । 
 
प्रस्तावको पक्षमा १२८ देशले समर्थन जनाएका थिए ।  जम्मा ९ देशले मात्र यो प्रस्तावको विपक्षीमा मतदान गरेका थिए । ३५ देश निर्वाचन प्रकृयामा अनुपस्थित रहे । क्यानडा, मेक्सिको, अष्ट्रेलिया, चेज रिपव्लिक लगायत निर्वाचन प्रकृयामा अनुपस्थित रहेका थिए । भारत र चीनले प्रस्तावको पक्षमा मतदान गरेका थिए । अमेरिकाको पक्षमा भोट गर्नेमा ग्वाटेमाला, हेण्डुरस, इजरायल, मार्शल आईलेण्ड, माइक्रोनेशिया, पलाउ, टोगोले साथ दिएका थिए । 
 
राष्ट्रसंघमा अमेरिकालाई प्रतिनिधित्व गर्ने राजदूत निकी हेलीले महासभामा ल्याईएको उक्त प्रस्तावको विरोध गरेकी थिइन । यसले अमेरिकाको स्वतन्त्र निर्णय गर्ने अधिकार माथि हमला गरिएको भन्दै हेलीले विरोध जनाएकी थिइन । तर, महासभाको यो प्रस्तावले अमेरिकाको जेरुसेलममा राजधानी खोल्ने नीतिमा कुनै परिवर्तन नआउनेपनि उनले वताईन । 
 
अमेरिकाले गत सोमवार यस्तै एउटा प्रस्तावमा भिटो लगाएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले केही साता अघि जेरुसलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने पुरानो निर्णय कार्यान्वय गर्ने बताएका थिए । यसको कयौँ देशमा विरोध भएको थियो । अमेरिका विरुद्ध प्रर्दशनहरु भएका थिए । 
 
इजरायल अमेरिकाको निकट सम्बन्ध भएको देश हो । अमेरिकामा इजरायल लबी निकै मजबुत छ । इजरायलले जेरुसेलमलाई राजधानीका रूपमा त्यहीबाट प्रशासनिक कामहरू गर्दै आएको छ । तर, विदेश राजदुतवासहरु भने त्यहाँ छैनन् । अमेरिकाको हाल इजरायलमा रहेको दूतावास जेरुसेलम सार्न राष्ट्रपतिले निर्देशन दिईसकेका छन् ।