मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आफु विरुद्ध भोट खसाल्ने राष्ट्रहरुलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अमेरिकाको चेतावनी

आफु विरुद्ध भोट खसाल्ने राष्ट्रहरुलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अमेरिकाको चेतावनी


अमेरिका- अमेरिकाले राष्ट्रसंघीय सुरक्षा परिषद्मा आफु विरुद्ध भोट खसाल्ने राष्ट्रहरुलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएको छ ।
 
अमेरिकाबाट करोडौं डलर आर्थिक सहयोग लिएको तर आफुविरुद्ध मतदान गरेको भन्दै आक्रोशित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो चेतावनी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।
 
यसअघि अमेरिकाले जेरुसेलमलाई इजरेलको राजधानीको मान्यता दिएपछि त्यसलाई कानूनी रुपमा स्वीकार गर्न नमिल्ने भन्दै राष्ट्रसंघले सुरक्षा परिषद् सदस्य राष्ट्रबीच मतदान गराएको थियो । जसमा १५ सदस्य राष्ट्रमध्ये १४ राष्ट्रले अमेरिकी निर्णयविरुद्ध मतदान गरेका थिए ।
 
मतदानमा अमेरिकाविरुद्ध भोट खसेपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।बीबीसी