मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पूर्व डिअाइजी सिलवाललाइ पक्राउ गर्ने प्रहरीको तयारी

पूर्व डिअाइजी सिलवाललाइ पक्राउ गर्ने प्रहरीको तयारी


काठमाडौं, –ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको अारोपमा मुद्दा परेको छ । मुद्दा परेपछि उनलाइ पक्राउको तयारी भएको प्रहरीले जनाएको छ ।
 
महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । सिलवालले महानिरीक्षक बढुवाका सम्बन्धमा सर्वाेच्चमा पेश गरेका कागजात किर्ते भएको भन्दै सर्वोच्च अदालतले किर्ते गर्नेमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । सिलवाललाई कार्य सम्पादन मूल्यांकनको कागजपत्र किर्ते गरेर बुझाएको आरोप लाग्दै आएको छ ।  
 
त्यसै आदेश अनुसार छानबिन गरेर काठमाडौं प्रहरीले सिलवालमाथि मुद्दा दर्ता गरेको हो । महानिरिक्षक हुन नपाएपछि राजीनामा दिएर एमाले प्रवेश गरेका सिलवाल सांसदमा निर्वाचित भएका हुन् । 
 
मुद्दा दर्ता गरेपछि अब सिलवाललाई पनि पक्राउ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।