मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा कर प्रणालीमा व्यापक फेरबदल

अमेरिकामा कर प्रणालीमा व्यापक फेरबदल


अमेरिका- अमेरिकाले तीन दशकभन्दा लामो समयपछि त्यहाँको कर प्रणालीमा फेरबदल गरेको छ । रिपब्लिकन नियन्त्रित संसदको दुवै सदनबाट विधेयक पारित गरिएको हो ।
 
कर प्रणालीमा उल्लेख्य सुधार ल्याउने दाबी गरिएको विधेयक पारित हुनु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पहिलो महत्वपूर्ण उपलब्धि मानिएको छ ।
 
कर प्रणालीमा गरिएको परिवर्तनले मध्यम वर्गलाई मद्दत गर्ने रिपब्लिकनहरुले दाबी गरिरहँदा डेमोक्र्याट्सहरुले भने यो कानुन धनीको पक्षपोषणका लागि ल्याइएको भन्दै विरोध गरेका छन् ।
 
सिनेटको ५१ जना पक्ष तथा ४८ जना विपक्षमा रहेको विधेयक मंगलबार प्रतिनिधिसभाबाट २२७ मतका साथ पारित भएको थियो ।
 
राष्ट्रपति ट्रम्पले विधेयकलाई देशका लागि क्रिसमसको उपहार भनिरहँदा उनकै पार्टी रिपब्लिकनका १२ सांसदले भने तल्लो सदनमा कटू आलोचना गरेका थिए ।
 
नयाँ व्यवस्थामा ठूल्ठूला व्यापारिक कम्पनीले तिर्दै आएको करको दर ३५ बाट २१ प्रतिशतसम्म स्थायीरुपमा कटौती गरिएको छ ।
 
मत सर्वेक्षणहरुले अमेरिकी मतदातामाझ विधेयक अलोकप्रिय रहेको देखाएपनि ट्रम्पले आफ्नो चुनावी वाचानुरुप नै सदनबाट पारित गराएका हुन् । (एजेन्सी)