मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

प्रमोदको दन्तैमा सार्वजनिक (भिडियोसहित)

प्रमोदको दन्तैमा सार्वजनिक (भिडियोसहित)


काठमाडौं– लोकप्रिय गायक प्रमोद खरेल आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।  ‘दन्तैमा।।।’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो मंगलबार साँझ यूट्युबमार्फत सार्वजनिक गरिएको हो । 
 
गीतमा भने शंकर थापाका स्माइलको संगीत छ भने डिपी खनालले यसका शब्दहरु रचना गरेका हुन् । उदय राज पौडेल यो गीतका संगीत संयोजक हुन् । 
 
दिक्षा क्रिएसनद्वारा प्रस्तुत गरिएको म्युजिक भिडियोमा नेपाली ठिटोस समुहका नृत्य कलाकारहरुले आकर्षक नृत्य गरेका छन् । सुनिल क्षेत्री तथा प्राञ्जली सापकोटालाई फिचर गरिएको भिडियोको कोरियोग्राफी पनि नेपाली ठिटोजले नै गरेको हो । 
 
पवन सुस्लिङ यो भिडियोका छायांकार हुन् भने विकास ज्ञवालीले भिडियोमा सम्पादनसहित भिएफएक्स तथा कलर करेक्सन गरेका छन् । नेपाली ठिटोजका सुनिल क्षेत्रीद्वारा निर्देशित यो भिडियोमा गायक प्रमोद खरेललाई प्रभावकारी शैलीमा चित्रण गरिएको छ ।
 
यस्तो छ दन्तैमाको म्युजिक भिडियो