मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी गुप्तचरको सहयोगमा रुस ठूलो आक्रमणबाट जोगियो, ट्रम्पलाई ‘धन्यवाद’

अमेरिकी गुप्तचरको सहयोगमा रुस ठूलो आक्रमणबाट जोगियो, ट्रम्पलाई ‘धन्यवाद’


 रुसको सेन्ट पिटर्सबर्गस्थित प्रमुख गिर्जाघरमा गराउन लागिएको आतंककारी विस्फोट अमेरिकी गुप्तचर निकाय सीआईएको सूचनाका आधारमा विफल भएको छ । गिर्जाघरमा शनिबार गराउन लागिएको आतंककारी विस्फोटका बारेमा सीआईएले रुसी सुरक्षा अधिकारीलाई जानकारी गराएपछि विफल भएको हो ।
 
रुसी सुरक्षा निकाय एफएसबीले इस्लामिक स्टेट समर्थक समूहका सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट विस्फोटक पदार्थ, हतियार र चरमपन्थी दस्तावेज बरामद गरिएको रुसी अधिकारीहरुले जनाएका छन् ।
 
यो समूहले गिर्जाघरमा आत्मघाती हमला गरेर ठूलो संख्यामा नागरिकको हत्या गर्ने योजना बनाएको खुलासा भएको छ । यसैबीच रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरी सीआईएले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् ।
 
उनले अमेरिकाविरुद्ध हुने कुनै जानकारी पाएमा समेत आफूहरुले जानकारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् । (एजेन्सी)