मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

साउदी युवराजको संसारकै महँगो घर

साउदी युवराजको संसारकै महँगो घर


हिमालयखवर संवाददाता
अमेरिका- तेल उत्पादनले धनी भएको साउदी अरबका युवराजले संसारकै सबैभन्दा महँगो घर किनेका छन् । दुनियाँमै सबैभन्दा सौखिन मानिएका साउदी युवराज मोहम्मद बिन सलमानले फ्रान्समा करिब ३० करोड अमेरिकी डलर अर्थात् करिब ३१ अर्ब नेपाली रुपैंयामा उक्त घर किनेका हुन् । 
 
न्यूओर्क टाइम्सका अनुसार यो घर फ्रान्सको लुविजियन्स स्थित वरसाइलमा अवस्थित छ । साउदी युवराजले यो घर किनेको गोप्य राखेका थिए । 
 
साउदीमा युवराज सलमानले व्यापक भ्रष्ट्राचार विरोधी कदम चालिरहेका छन् । उनले राजपरिवारसंग सम्बन्धित कयौँलाई भष्ट्राचार आरोपमा धरपकड गरेका थिए ।
 
 युवराज सलमानले साउली अरबका नीति नियमलाई पनि केही खुकुलो बनाएका छन् । यो घर निकै उच्च प्रविधि राखिएको छ । फोनबाटै बिजुली बाल्ने, पानीका फोहरा खोल्ने लगायतका थुप्रै काम गर्न सकिन्छ । 
 
युवराज सलमान विलासी समान किन्ने भनेर पहिले पनि चर्चामा आएका थिए । उनले लियोनार्दो दा भिन्चीको एउटा चित्र ४५ करोड डलर (करिब ४६ अर्ब रुपैंया) तिरेर किनेका थिए । यस्तै एउटा पानी जहाज झण्डै ५० करोड डलरमा किनेका थिए । साउदी युवराजको फ्रान्समा अन्य सम्पत्ति पनि रहेको जनाइएको छ ।