मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको वासिंगटन राज्यमा रेल दुर्घटना केहीको मृत्यु कयौँ घाइते

अमेरिकाको वासिंगटन राज्यमा रेल दुर्घटना केहीको मृत्यु कयौँ घाइते


अमेरिका- अमेरिकाको वासिंगटन राज्यको डुपण्टमा सोमवार रेट दुर्घटना हुदां केहीको ज्यान गएको छ भने कयौँ घाइत भएका छन् ।
 
एमट्रेक रेलका डिब्वाहरु इन्जिनलाई छांड्दा भएको यो दुर्घटनामा  स्थानीय सुरक्षा अधिकारीलाई उदृत गर्दै ६ जनाको ज्यान गएको एशोसियट प्रेसले जनाएको छ । ओभरपासवाट दौडिरहेको उक्त रेलका डिब्बाले गर्दा सडकमा गुडिरहेका कयौँ कारपनि दुर्घटनानामा परेका छन् । तर, कारका यात्रु घाइते भए पनि गम्भीर नभएको जनाइएको छ ।
 
घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । मृत्यु हुनेको संख्या अरू बढ्ने सक्ने स्थानीय अधिकारीले जनाएका छन् । 
 
दुर्घटना हुदां उक्त रेलमा करिब ८० जना यात्रु थिए । यो दुर्धटना क्यानडासंग सीमा जोडिएको अमेरिकाको उत्तर पश्चिम क्षेत्रमा पर्ने वासिंगटन राज्यको सियटल सहर भन्दा करिब ४० माइल टाढा भएको हो । सोमवार बिहान आठ बजे भएको यो दुर्घटनाका कारण भने थाहा हुन सकेको छैन ।
 
दुर्घटना लगत्तै त्यहाँ राज्य सरकारले आपत्कालीन स्थितको घोषणा गरेका थिए । यो रेल पहिलो दिन यात्रुलाई लिएर जाँदै थियो । रेलका १४ डिब्बा मध्ये सबै इन्जिनवाट बाहिर झरेका थिए । दुर्घटनाको वेला रेलले सडक माथि बनेको ओभरपास पार गर्न लागिरहेको थियो ।   
 
अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले यो दुर्घटनाको अनुसन्धान गर्न घटनास्थलमा टोली पठाईसकेको जनाएको छ ।