मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा गठन भयो झापाली समाज

अमेरिकामा गठन भयो झापाली समाज


न्यूयोर्क (अमेरिका) – अमेरिकामा रहेका झापालीहरू अब संस्थागत रूपमा एकतावध्द भएका छन् ।
 
नेपालीहरुलाई आपत विपतमा सहयोग गर्दै आफ्नो जन्मभूमि र देशको बिकासमा सहयोग पुर्याउने उदेृश्यका साथ झापाली समाज अमेरिकाको गठन भएको जनाइएको छ । डा. शम्भु ढुङ्गानाको पहलमा भएको टेलिकन्फरेन्स बैठकले मुकुन्द ढुंगानाको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो । 
 
भेलालाई समाजसेवी हेम पाठक अतिथि र अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष प्रमोद सिटौलाले सम्बोधन गरेका थिए । 
 
भेलामा एनअारएन अाइसिसीका सदस्य बेदराज बस्नेत, एनअारएन अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदी, डा. गोपी उप्रेतीले पनि संबोधन गरेका थिए । भेलाले डा. शम्भु ढुंगाना, हेम पाठक,  डा. गोपी उप्रेती, प्रेम संग्रौला, डा. तुलसी उप्रेती, साहित्यकार कृष्ण धराबासी र डा. मदन उप्रेती रहेको सात सदस्यीय सल्लाहकार समितीको पनि चयन गरेको छ।
 
चयन भएका समाजको पदाधिकारीहरुमा उपाध्यक्षहरु साहित्यकार सीता पाण्डे, प्रदीप बस्नेत, अनिल ओली छन् । त्यस्तै महासचिवमा निलम बिमली छन् । त्यस्तै सदस्यहरुमा डा. लिला खतिवडा, डा. खगेन्द्र दाहाल, डिल्ली थापा, डा. पर्शुराम दाहाल, मोहन निरौला, मोहन ओली, गोपाल प्याकुरेल, विदुर खतिवडा, याम सिटौला, सावित्रा ओली, कविन्द्र सिटौला, टिका पौडेल र बादल भुजेल चयन भएका छन् । 
 
भेलाले तदर्थ समितीलाई विधान तयार गरी संस्था दर्ता गर्ने र झापालीहरुको लगत डेटा संकलन गरि अमेरिकाको विभिन्न राज्यहरुमा कमिटी गठन गरी सम्मेलन गर्ने म्यान्डेट दिएको छ।