मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

छिटो र सहज न्याय सेवा दिन्छौँ : प्रधानन्यायाधीश

छिटो र सहज न्याय सेवा दिन्छौँ : प्रधानन्यायाधीश


काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र सहजरुपमा न्यायको पहुँच पु¥याउने योजनाका साथ काम गरिरहेको बताएका छन् । 
 
न्याय परिषद्को २७औँ स्थापना दिवसको अवसरमा उनले न्यायको उपभोक्तालाई सहजरुपमा छिटो न्याय दिलाउनका लागि योजनाबद्धरुपमा काम गरिरहेको बताए । 
 
प्रधानन्यायाधीश पराजुलीले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि न्यायपालिका एक्लैले सम्भव नभएको भन्दै उनले नेपाल बार एशोसिएनका साथै सरोकारवाला सबैलाई सहकार्यका लागि आग्रहसमेत गरे । 
 
न्याय प्रशासनलाई प्रभावकारी बनाउनका लागि संवैधानिक व्यवस्थाअनुसार काम गर्ने उल्लेख गर्दै उनले राजनीतिक परिवर्तन भए पनि न्याय परिषद्मा कुनै पनि असर नपर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
प्रधानन्यायाधीश पराजुलीले न्यायाधीश नियुक्ति, सरुवालगायतका काममा सक्षमता, व्यावसायिकता र इमान्दारितालाई केन्द्रमा राखेर काम गर्न परिषद्का सबै सदस्यलाई आग्रह गरे । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले जनताको आस्थाको धरोहरका रुपमा रहेको न्यायालयबाट छिटो र सहज न्याय पाउने तरिकाले काम गर्नुपर्ने बताए । 
 
उनले परिषद्ले नेपालको संविधानअनुरुप काम गरिरहेको उल्लेख गर्दै नेपालको इतिहासमा पहिलोपटक खुल्ला परीक्षाबाट जिल्ला न्यायाधीश नियुक्ति गर्न लागेको बताए । 
 
नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसीले गलत काम गर्नेलाई कारबाही गर्नेसम्मको अधिकार भएको परिषद्ले स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न आग्रह गरे । उनले ८० प्रतिशतभन्दा बढी न्यायाधीश खुल्ला प्रतियोगिताबाट नियुक्ति गर्नु राम्रो कुरा भएको बताए । 
 
सो अवसरमा परिषद्ले प्रकाशन गरेको न्याय परिषद्को वार्षिक बुलेटिन प्रधानन्यायाधीश पराजुलीले सार्वजनिक गरे । परिषद्को स्थापना २०४७ साल पुस ३ गते भएको थियो । स्थापनादेखि नै पुस ३ गते स्थापना दिवस मनाउँदै आइरहेको छ । रासस