मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग

भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग


भक्तपुर । भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न थालेपछि यसलाई रोक्न एम्बुलेन्स चालक संघ नै लागेको छ । 
 
पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालले आफ्ना कर्मचारी बोक्ने र आफन्तलाई पार्टीमा लैजान बोक्न थालेपछि यसको चौतर्फी विरोध भएको हो । संघको चौथो वार्षिक साधारणसभामा एम्बुलेन्सको दुरुपयोग रोक्न आग्रह गरिएको छ । दुरुपयोग रोक्न एम्बुलेन्स चलाउने सम्बन्धित संस्थालाई पत्राचार गरेको एम्बुलेन्स चालक संघका अध्यक्ष बुद्घकृष्णबाग श्रेष्ठले बताए । 
 
केही संस्थाले एम्बुलेन्सको दुरुपयोग रोक्न अझै पनि ध्यान नदिएको बताउँदै उनले त्यसमा संस्था र चालकको संलग्नता एवं चालकको लापरबाही रहेको पाइएपछि संघले सचेत रहेको बताए । 
 
अध्यक्ष बुद्धकृष्णले भने– ‘अहिले पनि कतिपय एम्बुलेन्स प्रदायक संघ संस्थाका प्रमुख र चिकित्सक एम्बुलेन्सको महत्वलाई नबुझे झैं गरी बिरामीको लागि प्रयोग हुने एम्बुलेन्समा आफैं आवतजावत गरेको पाइन्छ, यसो नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौँ ।’ 
 
संघका सचिव सीताराम खिउँजुले एम्बुलेन्सको उपयोग सम्बन्धमा चालक जानकार हुनुपर्ने बताउँदै एम्बुलेन्स दुरुपयोगलाई रोक्न सचेत गराएको बताए । समयमै एम्बुलेन्स सेवा नपाएर बिरामीको अकालमै मृत्यु नहोस् भन्नेतर्फ आफू सचेत रहेको बताउँदै उनले एम्बुलेन्सको गलत प्रयोग कम गर्नतर्फ संघले पहल गरिरहेको उल्लेख गरे । 
 
आगामी दिनमा चालकलाई क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने बताउँदै सचिव खिउँजुले आकस्मिक सेवाका दमकल, शव बाहन, ट्राफिक प्रहरी समेतको समन्वयमा सेवालाई प्रभावकारी, सहज र सरल बनाइने बताए । 
 
संघका कोषाध्यक्ष सैलेन छुंकाले बिरामीलाई यथासक्दो छिटो अस्पताल पु¥याउन ट्राफिक जाम र जथाभावी रुपमा गरिने सवारी पार्किङ समस्या भएको बताउँदै ट्राफिक व्यवस्थापनलाई सरल बनाउनुपर्नेमा जोड दिन्छन् । भक्तपुर जिल्लाका करिब ४० प्रतिशत बिरामी उपचारका लागि काठमाडौँं र १५ प्रतिशत बिरामी काभ्रे समेत गरेका छन् । 
 
महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख गोपाल पोखरेल, नागरिक अस्पतालका सञ्चालक समिति अध्यक्ष पुष्पमान अमात्य, डा इवामुरा अस्पतालका व्यवस्थापक रञ्जित मारिखु, मध्यपुर अस्पतालका दीपक डोटेल, भक्तपुर मिनी बस सेवा समितिका अध्यक्ष दिनेश प्रधान, मेघा अस्पतालका अध्यक्ष किशोरजंग राणालगायतले एम्बुलेन्स सेवाको मह¤वमाथि प्रकाश पार्दै एम्बुलेन्सको प्रभावकारी प्रयोगमा जोड दिए । (रासस)