मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाजमा २४ जनाको उम्मेदवारी

नेपाली समाजमा २४ जनाको उम्मेदवारी


हिमालयखबर संवाददाता
टेक्सस (अमेरिका)- नेपाली समाज टेक्सस (एनएसटी) को अाउँदो दुइ वर्षको लागि नेतृत्वका निम्ति दुइ प्यानल चुनावी प्रतिस्पर्धा उत्रिएका छन् । 
 
अाइतबार साँझ ६ बजेसम्म उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने समयमा १७ पदमा २४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कमल सापकोटा, दीवस थापा र सुमन थापाको उम्मेदवारी परेको छ । सापकोटा बर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । त्यस्तै दीवस थापा बर्तमान कोषाध्यक्ष र सुमन थापा सहकोषाध्यक्ष हुन् । 
 
अध्यक्षका उम्मेदवारहरू सापकोटा र सुमन थापाले प्यानलनै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
 
सापकोटा प्यानलबाट उपाध्यक्षमा दीवस थापा, महासचिवमा कमल सत्याल, उपमहासचिवमा परशुराम दाहाल, कोषाध्यक्षमा शैलेन्द्र मानन्धर र सहकोषाध्यक्षमा निरज तिम्सिनाले मनोनयन पत्र दर्ता गरेका छन् । 
 
त्यस्तै थापाको टीममा उपाध्यक्षमा निरज पन्त, महासचिबमा बब (भक्त) भण्डारी, उपमहासचिवमा बिशान्त खड्का, कोषाध्यक्षमा अमित शर्मा, सहकोषाध्यक्षमा रवि रावलले मनोनयन दर्ता गरेका छन् । 
 
कार्यसमितिका सदस्यहरूमा सापकोटा प्यानलबाट केशबराज केसी, बिकास उप्रेती, नवराज नाथ र शरणकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । 
 
उता थापा प्यानलबाट कार्यसमितिका सदस्यहरूमा नविन कोइराला, गोबिन्द ढकाल, राजीव राजभाट, नवराज नाथ, सबिन्द्र थापा र प्रयास बास्तोलाले उम्मेदवार दर्ता गराएका छन् । नाथको नाम सापकोटा र थापा दुबै प्यानलबाट कार्यसमिति सदस्यमा परेको छ । 
 
अोझा र श्रेष्ठ निर्विरोधः
नेपाली समाज टेक्सस (एनएसटी) को महिला संयोजक र युवा तथा विध्यार्थी संयोजक पद भने निर्विरोध भएको छ । महिला संयोजकमा सापकोटा प्यानलबाट अायशा अोझा र थापा प्यानलबाट युवा तथा विध्यार्थी संयोजकमा बिमला श्रध्दा श्रेष्ठ निर्विरोध भएका हुन् । 
 
थापाको दुइ पदमा उम्मेदवारीः
यसैबीच दीवस थापाले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा उम्मेदवारी दर्ता गराएका छन् । थापाले स्वतन्त्र रूपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा भने सापकोटा प्यानलबाट उम्मेदवारी दिएका छन् । 'भोली सोमबार अध्यक्ष पदमा दिएको उम्मेदवारी भने सहमतिमा फिर्ता लिँदैछु,' थापाले भने । उनले उपाध्यक्ष पदमा भने उम्मेदवारी कायमै रहने बताएका छन् ।
 
नेपाली समाज टेक्ससको चुनाव अाउँदो शनिबार ड्यालसको अर्भिङस्थित नेपाली मन्दिरमा हुँदैछ ।