मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा रिपब्लिकन पार्टीलाई ठूलो धक्का

अमेरिकामा रिपब्लिकन पार्टीलाई ठूलो धक्का


अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्।
 
निर्वाचित भएपछि डग जोन्सले आफ्ना समर्थकहरुलाई एउटा विजय र्‍यालीमा सम्बोधन गर्दै धन्यवाद दिए। अलाबामाले देशलाई एकताबद्ध हुन सिकाएको उल्लेख गर्दै उनले आफ्नो अभियान कानूनको शासन र साधारण शिष्टतामा केन्द्रित रहेको उल्लेख गरे। चुनावी परिणाम राष्ट्रपति डोनल्ड ट्रम्पका लागि लाजमर्दो भएको प्रतिक्रियाहरु आएका छन्।
 
संकेत
ट्रम्पले किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोप विरुद्ध संघर्ष गरिरहेका रिपब्लिकन उम्मेदवार रोय मुरलाई समर्थन गरेका छन्। मुरले अहिलेसम्म परिणामलाई स्वीकार गरिसकेका छैनन् र आफ्ना समर्थकहरुलाई परिणाम आफ्नो पक्षमा आउने भन्दै कुर्न भनेका छन्। तनावपूर्ण मतगणनाका क्रममा दुई उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा देखिएको थियो।
 
चुनावी परिणामसँगै जोन्स अलाबामाबाट सिनेटमा २५ वर्ष यता चुनिने पहिलो डेमोक्र्याट नेता बनेका छन्।
 
प्रभाव
विगतमा वकिल रहेका उनले उग्र विचारधारा राख्ने कुक्लक्स क्लानका सदस्यलाई सजाय दिलाउन भूमिका खेलेका थिए।
परिणामले राष्ट्रपति ट्रम्प र उनको आधार क्षेत्रमा समस्या रहेको संकेत गर्छ।
 
सिनेटमा कायम रिपब्लिकनको साँघुरो बहुमतलाई अलाबामाको परिणामले थप घटाइदिएको छ। त्यसबाट ट्रम्पलाई आफ्ना नीतिगत मुद्दाहरु अघि बढाउन कठीन हुनसक्ने ठानिएको छ।
 
एउटा ट्वीटमा राष्ट्रपति ट्रम्पले संघर्षपूर्ण जितका लागि जोन्सलाई बधाइ दिएका छन्। बिबिसी बाट