मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एन्जलसमा मधेशी एसोसिएसन च्याप्टर

लस एन्जलसमा मधेशी एसोसिएसन च्याप्टर


लसएन्जल्स (अमेरिका) – अमेरिकामा रहेका मधेशी समुदायको छाता संगठन मधेशी एसोसिएसन इन अमेरिकाले क्यालिफोर्नियामा च्याप्टर गठन गरेको छ ।

मधेशी एसोसिएसन इन अमेरिका का केन्द्रिय अध्यक्ष सुनिल साहको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले दिनेश साहको अध्यक्षतामा मधेशी एसोसिएसन इन अमेरिका क्यालिर्फाेनिया च्यापटर गठन भएको हो । संस्थाले अमेरिकाको १० वटा राज्यहरुमा च्याप्टरको विस्तार गरिसकेको छ ।
 
च्याप्टरको उपाध्यक्षमा जय यादव, सचिवमा सन्त साह, सहसचिवमा सीमा सक्सेना र कोषाध्यक्षमा अनामिका चैाधरी चयन भएका छन् । त्यस्तै कार्य समितिका सदस्यहरूमा भागलाल कपुर, श्रवण कुमार, अर्चना रैानियार, मुकेश ठाकुर, रन्जित सक्सेना, दीपज्योति केशरी साह र सुमन गुप्ता रहेका छन् । 
 
संस्थाका सल्लाहकारहरूमा डा. विप्लब यादव, विनयकान्त चैाधरी र श्रेता यादव मनोनयन भएका छन् ।