मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आँखा शिविरमा ५९ ले लिए लाभ

आँखा शिविरमा ५९ ले लिए लाभ


ड्यालस (टेक्सस) – ड्यालस एभरेष्ट लायन्स क्बलको आयोजनामा आइतबार नेपाली मन्दिरमा आयोजना गरिएको आँखा शिविरबाट ५९ जनाले लाभ लिएका छन् । 
 
लायन्स साइट एण्ड टिस्यु फाउण्डेसनको सहयोगमा भएको उक्त आँखा शिविरमा आँखाको परिक्षण, चस्मा जाँच, चस्मा समेत उपलव्ध गराइएको थियो । शिविसरमा एभरेष्ट लायन्स क्लबका अध्यक्ष बिएन पन्त, पूर्ब अध्यक्ष राधाकृष्ण काफ्ले लगायतका पदाधिकारीहरु खटेर सेवा पु¥याएका थिए । 
 
एभरेष्ट लायन्स क्लबले नेपाली समुदायलाई सेवा पु¥याउने उद्वेश्यले समय समयमा आँखा शिविर आयोजना गर्दै आएको छ । बिशेषगरि आँखाको बीमा सुविधा नभएकाले यसबाट निकै फाइदा लिँदै आएका छन् । 
 
आइतबारको आँखा शिविरमा वृद्धवृद्धादेखि लिएर युवा, बालबालिकाको आँखा जाँच गरिएको थियो । त्यसका लागि प्रविधि सहितको गाडीनै लायन्स क्लबले ल्याएको थियो ।

शेयर गर्नुहोस:

0
Shares