बिश्व घटना

अमेरिका बस्ने नेपाली टाइकण्डो गुरु यौन उत्पिडनको आरोपमा पक्राउ

अमेरिका बस्ने नेपाली टाइकण्डो गुरु यौन उत्पिडनको आरोपमा पक्राउ


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा टाइकण्डो सिकाउने एक जना नेपाली सुद्दोधन रञ्जितलाई कम उमेरका बालिका माथि यौन उत्पिडन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
 
वासिंटनराज्यको क्याननरोडमा टाइकण्डो सिकाउने (टाइकण्डो गुरु) ५१ वर्षीय रञ्चित माथि १५ जना बालिका माथि यौन उत्पिडन गरेको आरोप लागेको छ ।
 
वासिङ्टन राज्यको बियाभरटन स्थित ८९०७ वेस्ट क्यानन रोडमा उनले युएस वल्ड क्लास टाइकण्डो सञ्चालन गर्दै आएका थिए । 
 
स्थानीय संचारमाध्यमका अनुसार वासिङ्टन काउण्टि स्थित अदालतमा उनलाई प्रस्तुत गर्दा ७ लाख ५० हजार अमेरिकी डलर धरौटी मागेको छ । यो नतिरेकाले अहिले उनी प्रहरी नियन्त्रणमा छन् । उनी माथि थप आरोपको पनि अनुसन्धान भइरहेको छ ।
 
१४ वर्ष भन्दा कम उमेरका तिन बालिकालाई सन् २०१२ देखि २०१५ भित्र उनले यसरी यौन उत्पिडन गरेको आरोप लगाइएको छ । 
 
स्थानीय संचारमाध्यमका अनुसार उनले अझ बढीलाई उत्पिडन गरेको हुन सक्ने आशंकामा स्थानीय प्रहरी र गुप्तचरहरुले अनुसन्धान गरिरहेका छन्  । 
 
अमेरिकमा यौन उत्पिडनका घटनालाई गम्भीर रूपमा लिइन्छ । त्यसमा पनि १८ वर्ष भन्दा कम उमेरका उत्पिडनमा परेभने यो निकै संवेदनशील घटना हो । प्रहरीले उनको बारेमा जानकारी भए दिन आग्रह गरेको छ । फोटो: सामाजिक संजाल 
 
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुबट्वीटर मार्फत जोडिनुहोस् ।