मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा ह्युस्टनवासी नेपालीले गर्व गरेको त्यो ऐतिहासिक दिन

अमेरिकामा ह्युस्टनवासी नेपालीले गर्व गरेको त्यो ऐतिहासिक दिन


हिमालयखवर संवाददाता
टेक्सस(अमेरिका)-  "पहिले पहिले पनि यहाँ आइन्थ्यो , तर आजजस्तो रमाइलो र खुशी कहिल्यै भएको थिएन । अपनत्व यस्तो हुँदो रैछ । " – जनक थापाको यो भनाईमा कुनै आग्रह थिएन बरु उनी अन्तरमनको कुरा गर्दै थिए । थापा त नेप्लिज एशोसिएसनका कार्यकारी सदस्य नै हुन् , त्यसैले उनले यसो भन्दै गर्दा बढाइ चढाइ बोलेको अर्थ लगाउने पनि होलान् । तर त्यहाँ भेला भएका सबैको खुशी जनकको भन्दा फरक थिएन । सुगरल्याण्डकि लता घिमिरेदेखि ह्युस्टनकि निरुपा थापा सबैलाई त्यहाँको अपनत्वले बेग्लै आनन्द दिएको थियो । 
 
ग्रेटर ह्युस्टनको एफएम ७६२ रोड, रिचमण्डस्थित पशुपति मन्दिर परिशरमा नेपाली सामुदायिक केन्द्र र नयाँ पशुपति मन्दिर निर्माण गर्ने महत्वकांक्षी योजना लिएर जग्गा अधिग्रहण गरिएको खुशियाली मनाउन आयोजित कार्यक्रममा नेपालीहरुको उल्लेख्य उपस्थिति मात्र हैन कुनै खास पर्व झैं रमाइलो देखिन्थ्यो ।
 
अबदेखि आफ्नै मन्दिर , आफ्नै सामुदायिक भवन, आफ्नै पुस्तकालय र आफ्नै फुटबल मैदान हुने विश्वासले ग्रेटर ह्युस्टनका नेपालीहरु अपनत्व जनाउन त्यहाँ पुगेका थिए ।  
 
नोभेम्बर महिनाको १२ तारिख, न्यानो घाम, मानिसहरुको बाक्लो उपस्थिति र त्यहाँको प्राकॢतिक सुन्दरता देखेपछि डालसबाट कार्यक्रममा सहभागी बन्न आएका एनएसटीका अध्यक्ष कॢष्ण लमिछाने भन्दै थिए – साँच्चिकै गजबको ठाउँ रहेछ , उपयुक्त रोजाइ लाग्यो । 
 
ह्युस्टनवासी नेपालीको खुशी र प्रतिवध्दतामा सहभागी हुन एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल,  वरिष्ठ उपाध्यक्ष सुनिल साह, प्रवक्ता विनोद तिवारी, मिडियाकोअर्डिनेटर बाल जोशी, कार्यकारी सदस्यहरु  डा अर्जुन बन्जाडे र कॢष्ण लामिछाने अनि टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल, एनआरएन अमेरिकाका हेल्प डेस्क कमिटी सदस्य थलराज पन्त सहित आएका थिए । 
 
ड्यालसबाट एनआरएन अमेरिका टेक्सस च्याप्टरका पूर्व अध्यक्ष उत्तम शर्मा र नेपाली समाज टेक्ससका पूर्व महासचिब विजय भट्टराईले पनि सहभागिता जनाए । 
पाहुनाहरुले सहभागिता मात्र जनाएनन् केहिले यो सत्कार्यमा सहयोग गर्ने घोषणा गर्न भ्याए । त्यहाँ आयोजित औपचारिक कार्यक्रममा डा पौडेलले पाँचहजार डलर सहयोग दिने घोषणा गरेभने सुनील साहले एकहजार डलरको प्रतिवध्दता जनाए । भानु खरेलले डालसको तर्फबाट आफ्नो पहलमा पच्चीसदेखि पचास हजारसम्म सहयोग जुटाउने प्रतिवध्दता व्यक्त गर्दै अहिले यतिनै भनेर रकम तोक्न भने चाहेनन् । 
 
बिहान अभिषेक पुजाबाट शुरु भएको कार्यक्रममा  पछि हालसम्मको प्रयास , भावी कार्ययोजना र व्यापक सहभागिता अनि सहयोगको आवश्यकता बारे जानकारी गराइएको थियो । सो अवसरमा नेप्लिज एशोसिएसन अफ ह्युस्टनका अध्यक्ष ज्योति घिमिरेले स्वागत गर्दै सबै सहयोगी मन र हातहरुलाई धन्यवाद दिए ।
 
 एशोसिएसनका महासचिव विष्णु नेपाल र कोषाध्यक्ष रविन श्रेष्ठले जग्गा अधिग्रहणमा भएको प्रयास , आर्थिक अवस्था र भावी योजना बारे सहभागीहरुलाई जानकारी गराएका थिए । हालसम्म ३ सय ८ परिवारले अर्थ सहयोग गरेको र केहीले सहयोगको प्रतिवध्दता जनाएको विवरण प्रस्तुत गरिएको थियो । 
८ .२ एकर जमीनमा अवस्थित उक्त संरचना खरीद गर्न ३ .५ लाख डलर खर्च भएको थियो । जग्गा खरीद सम्बन्धी कार्य गर्न एनएएचका संस्थापक दिनकर अमात्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको थियो । 
 
कार्यक्रममा उक्त समितिका संयोजक दिनकर अमात्यले सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । 
 
मन्दिर परिशरमा यति रमाइलो र वॢहत भेला पहिलो पटक भएको बताउनेहरु यसलाई ऐतिहासिक भन्छन् । पार्किङ्गलाई व्यवस्थित बनाउन विजय वोखीम , चेज गुरुङ्ग , पवन श्रेष्ठ र निरन्जन शर्मालेले उल्लेखनीय प्रयास गरेका थिए । 
 
भी -केयर कम्यूनिटी हेल्थ सर्भिसले निशुल्क फ्लुसट उपलब्ध गराएर प्रशंसा पायो भने आसीयाना रेष्टुँराले स्वादिष्ठ खाना खुवाएको थियो । 
 
कार्यक्रम सकिएर फर्किने बेला केही सहभागीहरु भन्दै थिए – एउटा घुम्ती  त पार गरियो अब झन् ठूला घुम्तीहरु अघाडि छन् , युध्दस्तरमा काम नगरी हुदैन ।