मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रपति ट्रम्पको चीन भ्रमण, २५० अर्ब डलरको व्यापार सम्झौता

राष्ट्रपति ट्रम्पको चीन भ्रमण, २५० अर्ब डलरको व्यापार सम्झौता


हिमालयखवर संवाददाता-
राष्ट्रपति डोनाल्ड ट्रम्प १० दिन भन्दा लामो एशिया भ्रमणमा छन् । अमेरिकी राष्ट्रपति १० दिन भन्दा बढी लगातार एशियामा बिताउन लागेको यो २६ वर्ष पछि पहिलो हो । एशियाका प्रभावशाली देशमा अमेरिकाको सम्बन्ध विस्तारमा यो भ्रमण केन्द्रित छ । 
 
राष्ट्रपति ट्रम्पको भ्रमणको केन्द्रमा चीन छ । जापान, दक्षिण कोरिया पछि चीन पुगेका राष्ट्रपति ट्रम्पले चीनका नयाँ राष्ट्रपति सी चिनफिंगले लिएको नीतिको प्रशंसा गरेका छन् । विश्वमा देखिएका समस्या निराकरणका लागि मिलेर अगाडी जाने धारणा पनि व्यक्त गरेका छन् । 
 
राष्ट्रपतिको चीन भ्रमणका क्रममा दुई देश बिच २५० अर्ब अमेरिकी डलर बराबरको व्यापार सम्झौता पनि भएको छ । यो सम्झौता ऊर्जा, हवाई जहाज उपकरण, प्रविधिसंग सम्बन्धी छ । अमेरिकाको जहाज उत्पादक वोइगं कम्पनीलाई यो सम्झौतावाट फाइदा हुने छ । 
 
चीनले अमेरिकाको टाईको दुखाई भएको उत्तर कोरियाको आणविक हतियार विस्तार रोक्न सघाउने बारेमा पनि प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकालाई लगातार चुनौती दिदंै उत्तर कोरियाले आणविक हतियार विस्तार गरिरहेको थियो । राष्ट्रपति ट्रम्पले चीनले यसलाई रोक्न प्रभावकारी भूमिका खेल्नु पर्ने बताउँदै आएका थिए । 
 
चीनको यो सहयोगको बदलामा ट्रम्पले चीनको प्रशंसा गरेका छन् । चीनमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने अमेरिका र चीनको सफलता र मित्रवत सम्बन्धले हाम्रो मात्र होइन विश्वकै जोखिम र सुरक्षासंग जोडिएको समस्या समाप्त हुन्छ । राष्ट्रपतिले अमेरिका र चीन बिच नयाँ सम्बन्धको इतिहास बनाउने सुरुआत हुदैं छ भन्दै यसले उत्तर कोरियाको हतियार समस्या समाप्त हुने देखि दुई देश बिचको व्यापार सम्बन्ध अझ मजबुत हुने समेत बताए । 
 
अमेरिका विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको देश छ । र दोस्रो स्थानमा उदयमान चीन छ । चीनलाई पनि आफ्नो आर्थिक वृद्धि उच्च बनाईराख्न अमेरिकाको बजार जरुरी छ ।