बिश्व घटना

राष्ट्रपति ट्रम्पको चीन भ्रमण, २५० अर्ब डलरको व्यापार सम्झौता

राष्ट्रपति ट्रम्पको चीन भ्रमण, २५० अर्ब डलरको व्यापार सम्झौता


हिमालयखवर संवाददाता-
राष्ट्रपति डोनाल्ड ट्रम्प १० दिन भन्दा लामो एशिया भ्रमणमा छन् । अमेरिकी राष्ट्रपति १० दिन भन्दा बढी लगातार एशियामा बिताउन लागेको यो २६ वर्ष पछि पहिलो हो । एशियाका प्रभावशाली देशमा अमेरिकाको सम्बन्ध विस्तारमा यो भ्रमण केन्द्रित छ । 
 
राष्ट्रपति ट्रम्पको भ्रमणको केन्द्रमा चीन छ । जापान, दक्षिण कोरिया पछि चीन पुगेका राष्ट्रपति ट्रम्पले चीनका नयाँ राष्ट्रपति सी चिनफिंगले लिएको नीतिको प्रशंसा गरेका छन् । विश्वमा देखिएका समस्या निराकरणका लागि मिलेर अगाडी जाने धारणा पनि व्यक्त गरेका छन् । 
 
राष्ट्रपतिको चीन भ्रमणका क्रममा दुई देश बिच २५० अर्ब अमेरिकी डलर बराबरको व्यापार सम्झौता पनि भएको छ । यो सम्झौता ऊर्जा, हवाई जहाज उपकरण, प्रविधिसंग सम्बन्धी छ । अमेरिकाको जहाज उत्पादक वोइगं कम्पनीलाई यो सम्झौतावाट फाइदा हुने छ । 
 
चीनले अमेरिकाको टाईको दुखाई भएको उत्तर कोरियाको आणविक हतियार विस्तार रोक्न सघाउने बारेमा पनि प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकालाई लगातार चुनौती दिदंै उत्तर कोरियाले आणविक हतियार विस्तार गरिरहेको थियो । राष्ट्रपति ट्रम्पले चीनले यसलाई रोक्न प्रभावकारी भूमिका खेल्नु पर्ने बताउँदै आएका थिए । 
 
चीनको यो सहयोगको बदलामा ट्रम्पले चीनको प्रशंसा गरेका छन् । चीनमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने अमेरिका र चीनको सफलता र मित्रवत सम्बन्धले हाम्रो मात्र होइन विश्वकै जोखिम र सुरक्षासंग जोडिएको समस्या समाप्त हुन्छ । राष्ट्रपतिले अमेरिका र चीन बिच नयाँ सम्बन्धको इतिहास बनाउने सुरुआत हुदैं छ भन्दै यसले उत्तर कोरियाको हतियार समस्या समाप्त हुने देखि दुई देश बिचको व्यापार सम्बन्ध अझ मजबुत हुने समेत बताए । 
 
अमेरिका विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको देश छ । र दोस्रो स्थानमा उदयमान चीन छ । चीनलाई पनि आफ्नो आर्थिक वृद्धि उच्च बनाईराख्न अमेरिकाको बजार जरुरी छ ।