मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालको सुनचाँदी पसलको शाखा, लण्डनमा पनि

नेपालको सुनचाँदी पसलको शाखा, लण्डनमा पनि


हिमालय खबर संबाददाता
लण्डन- नेपालको चितवनमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका एक जना नेपालीले आफ्नो सुनचाँदी पसललाइ बेलायतको लण्डनसम्म बिस्तार गरेका छन् ।  
 
३३ वर्ष अघि आफना हजुरबुबाले खोलेको जय सन्तोषी माँ सुनचाँदी पसललाइ नाति रुविन रामुदामुले लण्डनसम्म बिस्तार गरेका हुन । 
 
रुविनका अनुसार, चितवनमा केन्द्रित जय सन्न्तोषी माँ सुनचाँदी पसलका नेपालमा  नै तीनवटा शाखा छन् भने हालै लण्डनमा चौथों शाखा खोलीएको छ । 
 
आफना हजुरबुबाले सुरु गर्नु भएको सुनचाँदी व्यवसायलाई बाबु इश्वरलाल रामुदामुले निरन्तरता दिएको र आफूहरू त्यसको बिस्तार गर्दै लण्डनसम्म पुगेको रुविनले हिमालय खबरलाई बताए । 
 
रुविन लण्डनबाटै व्यवस्थापनमा  स्नातोकोत्तर गरेका व्यक्ति हुन । लण्डनबाट व्यवस्थापनमा स्नातोकोत्तर गरे पनि रुविनले आफ्नो पुख्यौली पेसालाई नै अँगाल्न र अगाडी बढाउन चाहे । नेपाल फर्केर सुनचाँदी व्यवसायमा नै दिन रात तल्लीन रहे । धेरै मेहनत गरे ।  अहिले लण्डनमा खोलीएको चौथो शाखा, उनकै मेहनतको परिणाम हो । 
 
लण्डनमा खोलीएको शाखाको उदघाटन गर्न उनले कुनै नेता वा सरकारी अधिकारीलाई बोलाएनन । आफना बाबु इश्वरलाल रामुदामुलाइ नै रिवन काटन लगाए । 
 
लण्डन शाखा दाइ दिपेन्द्र रामुदामुले हेर्ने र आफू नेपालमा नै बसेर अरू शाखा बिस्तार गर्ने योजनामा रुविन छन् ।  लण्डनमा बढी नेपाली बस्ती भएको ठाउँमा नेपाली गरगहनाको आवश्यकता महसुस गरेर त्यहाँ शाखा बिस्तार गरिएको उल्लेख गर्दै रुविनले भने –व्यवसायलाई अरू बिस्तार गर्ने योजना छ ।