बिश्व घटना

नेपालको सुनचाँदी पसलको शाखा, लण्डनमा पनि

नेपालको सुनचाँदी पसलको शाखा, लण्डनमा पनि


हिमालय खबर संबाददाता
लण्डन- नेपालको चितवनमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका एक जना नेपालीले आफ्नो सुनचाँदी पसललाइ बेलायतको लण्डनसम्म बिस्तार गरेका छन् ।  
 
३३ वर्ष अघि आफना हजुरबुबाले खोलेको जय सन्तोषी माँ सुनचाँदी पसललाइ नाति रुविन रामुदामुले लण्डनसम्म बिस्तार गरेका हुन । 
 
रुविनका अनुसार, चितवनमा केन्द्रित जय सन्न्तोषी माँ सुनचाँदी पसलका नेपालमा  नै तीनवटा शाखा छन् भने हालै लण्डनमा चौथों शाखा खोलीएको छ । 
 
आफना हजुरबुबाले सुरु गर्नु भएको सुनचाँदी व्यवसायलाई बाबु इश्वरलाल रामुदामुले निरन्तरता दिएको र आफूहरू त्यसको बिस्तार गर्दै लण्डनसम्म पुगेको रुविनले हिमालय खबरलाई बताए । 
 
रुविन लण्डनबाटै व्यवस्थापनमा  स्नातोकोत्तर गरेका व्यक्ति हुन । लण्डनबाट व्यवस्थापनमा स्नातोकोत्तर गरे पनि रुविनले आफ्नो पुख्यौली पेसालाई नै अँगाल्न र अगाडी बढाउन चाहे । नेपाल फर्केर सुनचाँदी व्यवसायमा नै दिन रात तल्लीन रहे । धेरै मेहनत गरे ।  अहिले लण्डनमा खोलीएको चौथो शाखा, उनकै मेहनतको परिणाम हो । 
 
लण्डनमा खोलीएको शाखाको उदघाटन गर्न उनले कुनै नेता वा सरकारी अधिकारीलाई बोलाएनन । आफना बाबु इश्वरलाल रामुदामुलाइ नै रिवन काटन लगाए । 
 
लण्डन शाखा दाइ दिपेन्द्र रामुदामुले हेर्ने र आफू नेपालमा नै बसेर अरू शाखा बिस्तार गर्ने योजनामा रुविन छन् ।  लण्डनमा बढी नेपाली बस्ती भएको ठाउँमा नेपाली गरगहनाको आवश्यकता महसुस गरेर त्यहाँ शाखा बिस्तार गरिएको उल्लेख गर्दै रुविनले भने –व्यवसायलाई अरू बिस्तार गर्ने योजना छ । 

 

Advertisement