मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इन्द्रेणी सांस्कृतिक संघ द्वारा ‘कलाकार सम्मान तथा साँस्कृतिक साँझ’

इन्द्रेणी सांस्कृतिक संघ द्वारा ‘कलाकार सम्मान तथा साँस्कृतिक साँझ’


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा आइतबार "इन्द्रेणी कलाकार सम्मान तथा साँस्कृतिक साँझ" कार्यक्रम सम्पन्न भयो। 
 
संघको कार्यकारिणी समितिको दुइ बर्षे कार्यकाल सम्पन्न हुन लागेको लागेको हुँदा गत दुई वर्षको अवधिमा सहयोग गर्ने कलाकारहरू तथा इन्द्रेणीले आयोजना गरेको तीज, दशैँ तिहार देउसी भैलो कार्यक्रममा सहयोग गर्ने कलाकारहरू को समेत सम्मान गरिएको हो। 
 
कार्यक्रममा इन्द्रेणी का कलाकारहरूले आकर्षक नृत्य, गीत, झ्याउरे भाखा का गीत प्रस्तुत गरेका थिए। थोरै मात्र बक्ता र धेरै रमाइलो तथा इन्द्रेणी कलाकार डिनरको रूपमा कार्यक्रम प्रस्तुत गरिएको थियो।  उक्त कार्यक्रममा इन्द्रेणीले २८ जना कलाकारहरू लाई सम्मान गरिएको थियो।
 
कार्यक्रममा प्रमुख बक्ता शिक्षाविद विष्णु घिमिरे थिए । त्यस्तै एनआरएन टेक्सासका अध्यक्ष भानु खरेल, निबर्तमान अध्यक्ष उत्तम लामिछाने, ब्लाड़ डोनर्सका केन्द्रीय अध्यक्ष डा नन्द रेग्मी, ओनफका उपाध्यक्ष यमुना भट्टराई, महासचिव राधाकृष्ण देउजा लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा सम्पूर्ण बक्ताहरुले प्रवासमा हाम्रो संस्कृति जोगाउन इन्द्रेणीले गरेको कार्यको प्रशंसा गरेका थिए। 
 
झन्डै एक सय पचास दर्शक माझ भएको उक्त कार्यक्रम लगभग साढे तीन घण्टासम्म चलेको थियो। इन्द्रेणी सास्कृतिक संघका अध्यक्ष तारा भुषालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम को सञ्चालन उपाध्यक्ष बेदनिधि दाहालले गरेका थिए ।