मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको साउदरल्याण्डले गोलिकाण्डवाट जनसंख्याको झण्डै ५ प्रतिशत गुमायो

टेक्ससको साउदरल्याण्डले गोलिकाण्डवाट जनसंख्याको झण्डै ५ प्रतिशत गुमायो


हिमालयखवर संवाददाता
टेक्सस (अमेरिका) – आइतबार भएको गोलीकाण्डवाट टेक्सस साउदरल्याण्ड स्प्रिंगको कुल जनसंख्याको झण्डै पाँच प्रतिशतले ज्यान गुमाएका छन् । 
 
उक्त घटनामा २६ जनाको ज्यान गएको थियो । २० जना घाइते भएका थिए । टेक्ससको सानो शहरमा प्राय सवैले सवैसँग परिचित थिए । आइतवार साढे ११ बजेसम्म त्यहाँ शान्त र सामान्य अवस्था थियो । 
 
पत्नीसँग सम्वन्ध विच्छेद, पारिवारिक विवाद जस्ता समस्यामा परेका एक २६ बर्षिय सन्काहा युवाले राइफलबाट चर्चमा जम्मा भएकाहरु माथि जथाभावी गोलि चलाउँदा २ बर्ष भन्दा कम उमेरका नाबालक देखि ७७ बर्ष बृध्दको ज्यान गयो । एउटै परिवारले एक भन्दा वढी सदस्य गुमाएका छन् । एउटा परिवारको मात्रै ८ जनाको ज्यान गयो । मृत्यु हुनेमा करिव आधा बालबालिका छन् । 
 
अहिले साउदरल्याण्ड शोकमा डुवेको छ । हत्यारा अमेरिकाको एयरफोर्सका पुर्व सदस्य डेविन केली आफ्नो खराव आचरणका कारण पहिलेदेखिनै मुछिएका थिए । यस्तो व्यवहारका कारण कानुनतह उनलाई वन्दुक राख्ने सुविधा थिएन । तर, एयरफोर्सले सहि रुपमा तथ्यांक नराख्दा उनले बन्दुक किन्न पाएका थिए । आइतवार विहानपनि सासुलाई धम्कीपुर्ण टेक्स्ट म्यासेज पठाएका थिए ।  
 
यो घटनापछि एशियाको भ्रमणमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अमेरिकामा वन्दुकको समस्या भन्दा पनि मानसिक रोगको समस्या भएको वताए । अमेरिकामा मानसिक रोगवढेको उनको तर्क थियो । 
 
गोलिकाण्डका प्रत्यक्षदर्शीले अगाडी नवढेको भए हत्यारा डेभिन अझ वढी क्षति पुर्याउने थिए । यो गोलीवारी देखिरहेका स्थानियले पनि आफ्नो वन्दुक सहित डेभिन माथि जाइलागेपछि उनी घटनास्थलवाट भागेका थिए । तर, ती प्रत्यक्षदर्शी स्थानियले हत्याराको गाडीलाई पिछा गर्न छाडेनन् । प्रहरीलाई पनि खवर गरे । पछि हत्यारा मृत अवस्थामा भेटिएका थिए । 
 
अमेरिकामा मानिसक समस्या भने वढ्दो छ । परिवारमा समस्या, एकांकी जिवनले मानसिक समस्या बढाईरहेको छ । अमेरिकामा वन्दुक किन्न खासै समस्या छैन । केही प्रश्नहरुको उत्तर दिएपछि सजिलै बन्दुक किन्न सकिन्छ । यो सजिलै बन्दुक किन्न र राख्न पाउने सुविधाले यहाँ त्रास पनि वढाएको छ । राजनीतिक तहमा वन्दुक राख्न पाउने कानुनका विषयमा पनि बहस भईरहेको छ । तर, यी बहस प्राय यस्तै गोलिकाण्डका बेलामात्र सिमित छ । तस्बिर :सामाजिक संजाल