मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लक्ष्मी जयन्तीको उपलक्ष्यमा कोलोराडोमा कवि गोष्ठी सम्पन्न

लक्ष्मी जयन्तीको उपलक्ष्यमा कोलोराडोमा कवि गोष्ठी सम्पन्न


अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा १ सय ८ औं लक्ष्मी जयन्तिको अवसर पारेर एक कवि गोष्ठि सम्पन्न भयो ।

साहित्यकार तथा पूर्व एसएसपी बसन्तराज क“ुवरको प्रमुख आतित्थतामा सम्पन्न कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थिती रहेको थियो । प्रमुख अतिथीबाट पानसमा बत्तीबालेर उद्धाटन गरिएको कार्यक्रममा उपस्थित सबैले महाकवीको तस्विरमा पुष्प गुच्छा चढाई श्रद्धा सुमन अर्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अथिती कुव“रले नेपालमा भन्दा बढि प्रवासमा साहित्यिक कार्यक्रम भएको पाए भन्दै, नेपाल र नेपालीलाई बिश्व सामु चिनाउने हाम्रो यहि भाषा र साहित्य रहेको धारण ब्यक्त गरे । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, साहित्यकार ज्ञानेन्द्र गदाल, डा. विजयराज शर्मा, च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुङ्गेले देवकोटाको देन र उनको कृती बारे प्रकास पारेका थिए ।

कार्यक्रमको दोश्रो सत्रमा कबिता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा झण्डै डेढ दर्जज भन्दा बढि कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । यसरी सृजना प्रस्तुत गर्नेहरुमा ज्ञानेन्द्र गदाल, पदम बिक, कृष्ण्मुरारी ढुङ्गेल, डा.बिजयराज शर्मा, प्रमीला शर्मा, निर्मल प्याकुरेल, भुपेन्द्र महत, गौतमसागर राई, यसोदा भट्ट, मीना पौडेल, दामोदर लुईटेल, धन पौडेल, समीर आचार्य, बिबिसीका अधिकारी, आर्या चालिसे लगायतका रहेका थिए ।

समारोहमा उपस्थित प्रमुख अतिथी बसन्त कुवर, बिशेष अतिथी साईबर सेक्युरिटी ईन्टरनेशनल संस्थापक तथा साईवर बिज्ञ प्रोफेसर डा. रामहरी सुबेदी, नव निर्वाचित एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष लिलाराज ढुङ्गाना लगायतका अतिथीहरुलाई आयोजक संस्थाका पदाधिकारीहरुले खादा पहि¥याई दिई सम्मान गरेका थिए ।

कार्यक्रमको अन्त्यमा लागु पदार्थ दुब्र्यषण बिज्ञ पूर्व एसएसपी बसन्तराज क“ुवरले एक पटक लागुपदार्थको कुलतमा फसिसकेपछि मानिसलाई सामान्य जिवनमा फर्काउन ज्यादै कठिन हुने भएको र अझ अमेरीकामा गाजा जस्ता लागुपदार्थ खान छुट भएको हुनाले १६ देखि २१ बर्ष उमेरका छोरा छोरीहरु कुलतमा नफसुन भनेर बिशेष निगरानी राख्न सबैलाई आग्रह गरे ।
च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव सदस्य श्याम श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए भने, सदस्य धन पौडेलले कार्यक्रम संचालन गरेकी थिईन् ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।