मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फेरी वन्दुकधारीले जथाभावी गोली चलाउंदा टेक्ससमा २६ को मृत्युभएको पुष्टि

फेरी वन्दुकधारीले जथाभावी गोली चलाउंदा टेक्ससमा २६ को मृत्युभएको पुष्टि


टेक्सस(अमेरिका)- टेक्ससका गभर्नर ग्रेग अवाटले आइतवार टेक्ससको साउदरल्याण्ड चर्चमा बन्दुकधारीले जथाभावी गोलि जलाउंदा २६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । टेक्सस गभर्नरले पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएका हुन् । 
 
टेक्ससको मुख्य शहरभन्दा केही वाहिर एक चर्चमा आइतवार विहान एक बन्दुकधारीले जथाभावी गोलि चलाएका थिए । मृत्यु हुनेमा ५ बर्ष देखि ७२ बर्षसम्मका रहेको जनाईएको छ । मृत्यु हुनेमा चर्चका पास्टरकी १४ बर्षिय छोरी पनि छन् । यो गोलिकाण्डमा कयौं घाइतेभएको स्थानिय प्रहरीले जनाएको छ । अहिले अमेरिकाको संघिय जांच ब्युरोले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । 
 
उक्त घटना टेक्ससको पर्यटयिक शहर सन्एण्टिनो भन्दा करिव ३० माइल टाढा विल्सन काउण्टीको सआउदररल्याण्ड स्थित फस्ट वाप्टीस्ट चर्चमा भएको हो । करिव साढे ११ वजेतिर गोलि चलेको थियो ।
यो घटना लगत्तै एयिसा भ्रमणमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई लगायत सुरक्षा निकायले आफ्नो काम शुरु गरेको र आफुले जापानवाट घटनाको निगरानी गरिरहेको टिवट् गरेका छन् । 
 
तुलनात्मक रुपमा थोरै जनासंख्या रहेको एक एकले अर्कोलाई चिन्ने साउदरल्याण्डको उक्त चर्चमा आइतवार विहान प्रर्थानाका लागि मानिसहरु आएका थिए । आक्रमणकारीले चर्चमा प्रवेश गरेसंगै गोली चलाउन शुरु गरेको त्यहांका प्रहरीले जनाएका छन् । यस सम्वन्धि घटनाको विस्तृत विवरण आउन बांकी छ । 
 
अमेरिकामा श्रृखलावद्ध रुपमा यसरी वन्दुकधारीको आक्रमणवाट मृत्यु हुने क्रम वढिरहेको छ । केही साता अघि लसभेगासमा यस्तै  घटना हुदां ५९ जनाले ज्यान गुमाएका थिए । यसै साता कोलोराडोको डेनभर नजिक वालमार्टमा बन्दुकधारीको आक्रमणवाट ३ जनाले ज्यान गुमाएका थिए ।