मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी राष्ट्रपति ट्रम्प अर्कोहप्ता चीन जाने

अमेरिकी राष्ट्रपति ट्रम्प अर्कोहप्ता चीन जाने


बेइजिङ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्ता चीन भ्रमणका लागि आउने भएका छन्। चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेका हुन्।
 
उनी यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङले बिहीबार बिहान प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
 
उक्त विज्ञप्तिमा भनिएको छ– सो भ्रमणका क्रममा चीन र अमेरिकाका राज्य प्रमुखहरूले द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरूमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्नुहुने अपेक्षा गरिएको छ।
 
उक्त भ्रमणका विषयमा सम्बोधन गरिने मुद्धा तथा अन्य आवश्यक सहमति तथा सम्झौताहरुका बारेमा भने केही बताइएको छैन्। एजेन्सी