हिमालयखवर संवाददाता
वासिङटन डिसी (अमेरिका) – अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले बहुचर्चित डिभी चिठ्ठा बन्द बन्द गर्ने घोषणा गरेका छन् ।
बुधबार बिहानै ट्विट गर्दैै डिभी कार्यक्रमको सुरुवात गर्ने चक स्कम्बर उपर व्यंग्य समेत गरेका छन् ।
ट्रम्पले ट्विटरमा लेखेका छन्–‘आतंकवादीहरु हाम्रो देशमा आउने माध्यम, जसलाई डिभी चिठ्ठा भनिन्छ । यो चक स्कम्बरको सुन्दरता हो । म अब मेरिटको आधारमा चाहन्छु ।’
सन् १९९० मा डिभी कार्यक्रम सुरु हुँदा स्कम्बर त्यसको मुख्य योजनाकार थिए । स्कम्बर त्यतिखेर हाउस अफ रिप्रेजेटेन्टिभमा सदस्य थिए ।
ट्रम्पले लगत्तै अर्को ट्विट गरेर डेमोक्रेटिकले सुरु गरेको डिभी चिठ्ठा कार्यक्रम अब नरहने, बन्द गर्ने उल्लेख गरेका छन् ।
न्यूयोर्कमा मंगलबार भएको आतंकवादी आक्रमणबाट आठ जनाको निधन भएको छ । त्यो आक्रमणका मुख्य दोषी रहेका साइफुल्लो साइपोभ उज्वेकिस्तानबाट आएका थिए । उनी डिभी मार्फत अमेरिका आएका थिए ।
डिभी मार्फत अमेरिका आएको व्यक्ति आतंकवादी आक्रमणमा संलग्न भएको पुष्टी भएपछि राष्ट्रपति ट्रम्पले डिभीनै बन्द गर्ने जनाएका हुन् । डिभी कार्यक्रम डेमोक्रेटले सुरु गरेको जनाउँदै रिपब्लिकनले त्यसलाई रद्ध गर्नुपर्ने प्रस्ताव धेरै पहिलेदेखि गर्दैै आएका हुन् ।
अमेरिकामा विविधिकरण गर्ने उद्वेश्यले हरेक वर्ष संसारभरिबाट ५० हजार व्यक्तिलाई डिभी मार्फत भित्राउने गरिन्छ । यो कार्यक्रमबाट अमेरिकामा हजारौँ नेपालीहरु आइसकेका छन् ।
ट्रम्पको डिभी बन्द गर्ने ट्विटलाई डेमोक्रेटिक सभासदहरुले विरोध जनाएका छन् ।
प्रतिक्रिया