हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – अमेरिकाका नेपाली युवाहरूले हिँडेर नेपालका परियोजनाका लागि सहयोग संकलन गर्ने भएका छन् ।
यसका लागि नेपाली युवाहरूले यही अक्टोबर ४ तारिख 'वाक फर नेपाल' नाम दिएर विशेष कार्यक्रम गर्न लागेका छन् । हिँडेर कसरी पैसा उठ्छ त भन्ने जिज्ञासामा अभियानका प्रमुख सुमन काजी भन्छन्-'कार्यक्रममा सहभागी भएर सँगै हिँडे वापत प्रवेश शुल्क १५ डलर तिर्नुपर्छ । यसका साथै कसैले बढी सहयोग गर्न चाहेमा पनि दिन सक्नेछन् ।'
यो अभियानबाट संकलित रकम नेपालमा तीनवटा परियोजनामा खर्च गरिने अायोजकहरूले जनाएका छन् । Reaping Hope – RH(Sponsor a Grand Parents), House with Heart, र Nepal Rising (Community Water and Sanitation projects) जस्ता परियोजना छनोट भएका छन् ।
नोभेम्बर ४ तारिख शनिवार दिन सबै कार्यक्रम स्थलमा जम्मा भएर पार्क भित्रै नेपाली झण्डा, बाजा गाजा, बिभिन्न भेषभुषमा सजिएर पैदल यात्रा गर्नुका साथसाथै, सांगीतिक, मनोरन्जनात्मक, खेलकुद लगायतका कार्यक्रमहरु पनि हुनेछन।
शनिबार दिउँसो ठीक १२ बजे सुरू हुने वाक फर नेपाल कार्यक्रममा घैटो फुटाउने, फेस पन्टिंग, नाम दर्ता, जुम्बा, र अन्य कार्येक्रमहरु रहेका छन् ।
त्यस्तै३ बजे नेपाली पन्चे बाजा सहित बक्मन लेकमा हिँड्ने कार्यक्रम हुनेछ । त्यस अवसरमा स्थानीयका अतिरिक्त नेपालबाट आउनुहुने नेपाली चलचित्रका प्रसिद्द कलाकारहरु, अनि ड्यालसकै स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहनेछ ।
प्रतिक्रिया