मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको टेक्सस लगाएत विभिन्न राज्यहरुमा छठ पूजा सम्पन्न

अमेरिकाको टेक्सस लगाएत विभिन्न राज्यहरुमा छठ पूजा सम्पन्न


हिमालयखवर संवाददाता
डेण्टन (टेक्सस) – डीअफडब्ल्यू मधेशी समाजको आयोजनामा हिन्दु धर्माबलम्बीहरुको अर्को ठूलो धार्मिक पर्व छठ टेक्ससको डेण्टन शहरमा सम्पन्न भयो । 
शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइ समापन भएको छ। यो आस्थाको महापर्व छठ अन्तर्गत व्रतालुले बिहिबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएका थिए भने शुक्रबार उदाउँदो सूर्यलाई। 
 
बुधबार खर्ना (निलाहार ब्रत) बसेर शुरु गरिने यो पूजा तीन दिनको बिधि पुर्वक गरिन्छ। बिशेष गरेर महिलाहरु ब्रत तथा अर्घ दिने गरेपनि, घरको महिला कुनै पनि कारणले पूजामा सहभागी हुन नसके/नमिले पुरुषहरुले यो ब्रत तथा अर्घ मा नेतृत्व गर्दछन। 
 
बिशेष गरेर नेपालको तराई क्षेत्रमा मनाइने यो पर्व काठमाण्डु हुदै तराईबासी नेपालीहरु बस्ती बिस्तार सँगै संसारका धेरै तराइमुलका नेपालीहरु रहेको देश तथा शहरहरु मा मनाउन थालिएको छ। 
 
अमेरिका मा टेक्सस लगायत न्यूयोर्क, क्यालिफोर्निया, एटलाण्टा, भर्जिनिया लगायतका राज्यहरुमा छठ पर्व मानिएको समाचार प्राप्त भएको छ। यस पूजामा बिशेष प्रकारको परिकार बनाउने तथा चढाउने चलन छ। 
 
परिकारहरु मा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने गर्ने गरिन्छ। यो ब्रतको अर्घ पुजा नदी तथा तलाउको किनार मा बिशेस पुजा मण्डप बनाएर गरिन्छ। अर्घ दिदा व्रतालुहरू अर्ध कम्मर पानीमा डुबेर दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएका विशेष प्रकारको पकवान सहित सूर्यलाई अर्घ अर्पण गर्दछन। 
 
सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुखदुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो । 
 
धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नुले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ । 
 
छठ पर्व मनाउनुका पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धनप्राप्ति हुने जनविश्वास छ । टेक्सास को डेण्टन मा आयोजित छठका अवसरमा बेहुली झैँ पोखरी सिँगारिएको थियो। 
 
बालकहरुलाई खेल्ने, बृद्ध तथा ब्रतालुहरुलाई बस्ने, पुजा गर्ने बिशेष स्थान तथा टेण्टको व्यवस्था गरिएको थियो । लगभग पोखरीमा नवबस्त्रमा सजिएका तीनसय भन्दा बढी श्रद्धालु व्यक्तिहरुले पुजामा सहभागी रहेका थिए।