कोलोराडो, अमेरिका– नेपाल संम्बत ११३८ उपलक्ष्यमा कोलोराडोको नेःवा समुदायले आईतबार एक कार्यक्रम आयोजना गरेर एक आपसमा भिंतुना आदान प्रदान गरेका छन् ।
नेवा खःल कोलोराडोले आयोजना गरेको न्हूद“या भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली घरका अध्यक्ष लक्षुमण राना, लायन्स क्लबका चेयर पर्शन जोशन श्रेष्ठ, वोर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साईका उपाध्यक्ष भुवन श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेपाली घरका पुर्व अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव श्याम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, आयोजक संस्थाका पदाधिकारी लगायत स्थानीय नेपाली समुदायका थुप्रै ब्यक्तिहरुको उपस्थिती थियो ।
कार्यक्रम बयोबृद्ध बिश्वभक्त श्रेष्ठले पानसमा बत्ती बालेर उद्धाटन गरेका थिए । त्यस अवसरमा हेमकुमार श्रेष्ठ र बिना श्रेष्ठले उपस्थित सबैलाई रातोटिका लगाई शुभकामना सहित आर्शिवाद प्रदान गरेका थिए ।
आयोजक संस्था नेःवा खलका सचिव मोहन श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने बिश्वभक्त श्रेष्ठले कार्यक्रमको महत्ब र यसको इतिहासका बारेमा प्रष्टाएका थिए ।
कार्यक्रममा हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठ, नेपाली घरका अध्यक्ष लक्षुमण राना, ओर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साईका उपाध्यक्ष भुवन श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेपाली घरका पुर्व अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठ लगायतका बक्ताहरुले शुभकामना मन्तब्य दिंदै नेःवा संस्कृती र परंपरा बिशाल रहेको जसले नेपाललाई बिश्व माझ चिनाउन सफल भएको धारणा राख्दै यसको संरक्षकोलागी सबैको उत्तीकै जिम्मेवारी रहेको बताएका थिए ।
भेलाले नेःवाखल कोलोराडोको पुनर्गठन समेत गरिएको अध्यक्ष प्रेमकाजी श्रेष्ठले बताएका छन् । यसरी पुनर्गठित कार्यसमितीका अध्यक्ष, उपाध्यक्षद्धय, सचिव, कोषाध्यक्षमा क्रमश प्रेमकाजी श्रेष्ठ, चेतमान श्रेष्ठ र श्याम श्रेष्ठ, मोहनकाजी श्रेष्ठ, संजय शाक्य रहेका छन् ।
यसैगरी कार्यसमितीका सदस्यहरुमा हेमकुमार श्रेष्ठ, जोशनकुमार श्रेष्ठ, सुरेन्द्र अवाले, भेनस श्रेष्ठ, बिपीन श्रेष्ठ, मिरा राजवाहक, स्मिता प्रधान, सुरेश श्रेष्ठ छन् ।
यसैगरी आजको भेलाले सल्लाहकार समिती समेत गठन गरेको छ । गठीत सल्लाहकार समितीका सदस्यहरुमा नारायण श्रेष्ठ, डा.बिष्णु बहादुर श्रेष्ठ, नारायण श्रेष्ठ, धर्मराज श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र भुवन श्रेष्ठ रहेका छन् । कार्यसमिती यो नै पुर्ण नभएको आवस्यकता अनुसार थपीदै जाने अध्यक्ष प्रेमकाजीले बताएका छन् ।
नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको अन्तमा सभापती श्रेष्ठले उपस्थित सबैलाई धन्यबाद दिदै नेवारी सांस्कृती जोगाईराख्न, तथा अमेरीकामा जन्मेहुर्केका बालबालिकाहरुलाई नेवारी सांकृती पहिचाहन गराउन हरेक बर्ष यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएकाको बताएका थिए ।
प्रतिक्रिया