ड्यालस (अमेरिका) – अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सस शाखाको आयोजनामा १०८औं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न भयो ।
हरेक वर्ष लक्ष्मी जयन्तीको अवसरमा संचालन गरिदै आएको प्रतियोगात्मक कविगोष्ठीमा यस पटक पवन लामिछाने प्रथम, भगवती पौडेल व्दितिय र अच्यूत रिजालले तृतीय पुरुस्कार प्राप्त गरेका छन् ।
प्रा.डा. टंक न्यौपानेको प्रमूख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सुरुमा समाजका सदस्य सुमन कार्कीले अतिथीहरुको स्वागत गरेका थिए । उक्त कार्यक्रममा समाजका पूर्ब अध्यक्ष भीम कार्की र बर्तवान अध्यक्ष बाशु शर्माले प्रमुख अतिथीलाई सम्मान पत्र सहित स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा हरेक वर्ष झैं यस बर्ष पनि गौरीजोशीका तर्फवाट स्थापित पुष्पराज भुपकुमारी साहित्य पुरुस्कारको रकम प्रथम, व्दितिय, तृतीय कविहरुलाई क्रमस: ३००, २०० र १०० अमेरिकी डलर पुरस्कार वितरण गरिएको थियो ।
कर्यक्रममा करिब दुई दर्जन कवि, कबियत्रीहरुले प्रतियोगी र अप्रतियोगी गरी बिभिन्न रचना बाचन गरेका थिए । गोपाल भण्डारी, निर्मला राई, भीम कार्की, वाशु शर्मा, बलायर प्रत्याशी, कृष्ण खनाल, कृपा खनाल, ज्ञानेश्वर अमात्य, भगवती पौडेल, अच्यूत रिजाल लगायतका बिभिन्न कवि कबीयत्रीहरुले प्रतियोगी एवम् अप्रतियोगी कबिताहरु प्रस्तुत गरिएका थिए ।
समाजका अध्यक्ष बासु शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष शर्माले देवकोटाको बहुआयामिक ब्यक्तित्वको चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी प्रा. न्यौपानेले नेपाली भाषा तथा साहित्यको बिकास र सुधारको लागी बिभिन्न कालखण्डमा गर्नु परेको संघर्षको बारेमा चर्चा गर्नु साथै प्रतियोगी कवि कवियत्रीहरुलाई पुरुस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया