मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एन्जलसमा भव्य म्ह पूजा

लस एन्जलसमा भव्य म्ह पूजा


लस एन्जलस (अमेरिका) – नेवाअर्गनाइजेशन, साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा शुक्रबार म्ह पूजा सम्पन्न भएको छ ।

ग्रेटर लसएन्जलस र वरपर बसोबास गर्ने नेवार समुदायका धेरै व्यक्तिहरूको कार्यक्रममा सहभागिता थियो । म्ह पूजा नेवारी समुदायमा निकै महत्वका साथ मनाउने गरिन्छ ।

यस पटकको म्ह पूजामा लसएन्जल्समा झण्डै झण्डै दुइसय ५० को सहभागिता रहेको संस्थाका महासचिव विमल श्रेष्ठले जानकारी दिए ।

अमेरिकाका अन्य शहरहरूमा पनि भव्य रूपमा म्ह पूजा सम्पन्न भएका छन् । ड्यालस, न्यूयोर्क लगायतका नेवारी समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेका शहरहरूमा म्ह पूजा अायोजना भएका थिए ।

म्ह पूजामा मुख्यगरि अाफ्नाे अात्माको पूजा गर्ने चलन रहिअाएको छ ।