मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डेन्टनमा छठ पर्व मनाउने तयारी

डेन्टनमा छठ पर्व मनाउने तयारी


 

डेन्टन (टेक्सस) – नेपालको तराइ क्षेत्रमा धुमधामसाथ मनाइने छठ पर्व केही वर्षयता अमेरिकामा पनि मनाउन थालिएको छ । यसै क्रममा टेक्ससको उत्तरी शहर डेन्टनमा पनि नेपाली समुदायले अाउँदो अक्टोबर २६ तारिख विहीबार भव्य रूपमा मनाउने तयारी गरेका छन् ।

डेन्टनस्थित नर्थलेक पार्क लेकमा विहीबार साँझ सूर्यास्त तथा शुक्रबार सूर्योदयको समयमा छठपर्व मनाउन भव्य तयारी भैरहेको स्थानीय अायोजक अमरनाथ शाहले जानकारी दिए । डिएफडब्लु मधेशी समाजको सकृयतामा विगतको भन्दा यस पटक भव्य रूपमा मनाउने तयारी भैरहेको र टेक्ससको अन्य भागमा रहेका नेपाली लगायत स्थानीय भारतीय समुदायलाइ, डेन्टन नगरका मेयर लगायतलाइ समेत निमन्त्रणा गरिएको शाहले बताए ।

छठ पर्वलाइ नेपालको तराइ तथा भित्री मधेशमा एक मुख्य पर्वका रूपमा लिइन्छ । यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरिन्छ ।

छठ पर्वका अवसरमा उपस्थित सहभागीहरूलाइ बस्ने टेन्ट, कुर्सी लगायत खानाको समेत व्यबस्था गरिएको अायोजकले जनाएका छन् ।