हिमालयखवर संवाददाता
अमेरिका- एप्पल फोन आएको १० औँ वर्ष पछि एप्पलले मंलगवार सुपर एन्टेना डिस्प्ले सहितको नयाँ विशेषता युक्त आईफोन १० (एक्स) सार्वजनिक गरेको छ । क्यालिफोर्नियाको स्टिभ जब्स थिएटरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी टिम कुकले नयाँ आईफोन १० सार्वजनिक गरेका हुन् ।
आईफोन १० को परम्परागत जस्तो होम डिस्प्ले छैन । पुरा स्क्रिनलाई नै डिस्प्ले बनाइएको छ । यो फोनको मूल्य ९९९ अमेरिकी डलरवाट सुरु हुन्छ ।
यो फोनको स्क्रिन अनलक गर्न स्क्रिनमा हेरे पुग्छ । अनुहार पहिचान गरेर स्क्रिन अनलक हुने विशेषता आईफोन १० मा राखिएको छ । अध्यांरोमा पनि यो सुविधा उपयोग गर्न सकिन्छ । आँखा चिम्लिंदा र अन्त हेर्दा यो फोन अनलक हुदैंन ।
यो फोन अरूले अनलक गर्ने सम्भावना १० लाखमा १ हुने एप्पलले जनाएको छ । यसमा नयाँ वायरलेस चार्जरपनि हो । अक्टोबरको अन्तिम साता यो फोन बुकिगं सुरु हुने र नोभेम्बरको पहिलो साता ग्राहकलाई दिइने एप्पलले जनाएको छ ।
यो फोन अन्य स्मार्टफोनभन्दा दु्रत गतिको र थप विशेषता युक्त रहेको एप्पलले जनाएको छ ।
यसका साथै एप्पले आईफोन नयाँ आईफोन ८ र आईफोन ८ प्लस सार्वजनिक गरेको छ । यसमा पनि वायरलेस चार्जर सहितको विशेषता रहेको यी नयाँ फोटो गुणस्तर बढाउन नयाँ प्रविधि थप गरिएको छ ।
एप्पल ८ र ८ प्लसको मूल्य ६९९ र ७९९ अमेरिकी डलरवाट सुरु हुने छ । यो फोनका लागि सेप्टेम्बर १५ देख बुकिगं खुला हुने छ । सेप्टेम्बर २२ देखि स्टोरमा पनि किन्ने पाइने छ ।
यसबाहेक एप्पलले सेलुलर एप्पल वाच पनि सार्वजनिक गरेको छ । पानी नछिर्ने विशेषता रहेको एप्पल वाचवाट फोनसमेत गर्न सकिने छ ।
आईफोन एप्पलको आम्दानीको मुख्य स्रोत हो । झन्डै ७० प्रतिशत आम्दानी एप्पलले फोनबाटै प्राप्त गर्छ । १० वर्ष यता एप्पलका फोन बजारमा हटकेक हुदैं आएका छन् ।
कार्यक्रममा एप्पलले आफ्ना रिटेलस्टोरलाई ग्राहकका लागि अझ सुविधा सम्पन्न बनाउने घोषणा गरेको छ । स्टोरमा मानिसहरू आएर बस्ने, भेटधाट कुराकानी गर्न उपयुक्त हुनेगरी सुविधा थपिने एप्पलले जनाएको छ ।
प्रतिक्रिया