मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

“म अदालत जान बाध्य भएँ”– गौरीराज जोशी

“म अदालत जान बाध्य भएँ”– गौरीराज जोशी


हिमालयखवर संवाददाता
टेक्सस(अमेरिका)-  यही अगष्ट ११ र १२ मा हुने भनिएको  एनआरएन अमेरिकाको निर्वाचन स्थगित भएपछि अध्यक्षका  एक जना प्रत्यासी गौरीराज जोशीले आफू  न्यायकालागी  अदालतमा जान बाध्य भएको बताएका छन् ।
 
अदालतको अन्तरिम आदेश अनुसार निर्वाचन समितिले अर्को सूचना नआइन्जेलसम्मका लागी निर्वाचन प्रक्रिया स्थगित गरेपछि एक विज्ञप्ति सार्वजनिक गर्दै अध्यक्षका प्रत्याशी गौरीराज जोशीले  एनआरएनलाई अदालतमा पुरयाउन आफ्नो कुनै रहर नभएको तर आफूसँग अरू कुनै विकल्प नभएको बताएका छन् ।
 
विज्ञप्तिमा उनले भनेका छन्–   “मलाइ क्षमा गर्नुहोला ,  किनकि मैले ममाथी परेको अन्यायको विरुद्ध न्याय माग्ने प्रक्रियामा लाग्दा तपाँइ हामी सबैको आस्थाको संस्था गैर आवासीय नेपाली सङ्घ ( एनआरएन) अमेरिकाको निर्वाचन प्रक्रिया केही समयकालागी अबरुद्ध हुन पुगेको छ । मलाइ, हामी सबैको प्यारो संस्था एनआरएनलाई अदालतमा पुरयाउन मन थिएन । तर मेरो सामु  कुनै विकल्प भएन ।  मैले दुइसाता पर्खेंको पनि हुँ  ।
 
यो बिचमा म अध्यक्षको उम्मेदवार बन्न योग्य रहेका यथेष्ट प्रमाणहरु निर्वाचन समितिलाई पेशपनि  गरेँ ।  तर विधि– विधान र नीतिलाई मान्ने काम निर्वाचन समितिबाट भएन ,बरु उल्टै अमुक व्यक्ति र पात्रहरुबाट प्रभावित हुने काम भयो ।  यसैले म अदालत जान बाध्य भएँ । अदालत मात्र होइन , म त एनआरएन अमेरिकाको  विवाद अन्तर्राष्ट्रिय समन्वय परिषदसम्म पुगोस भन्नेपनि चाहदैनथ्यें । समाजसेवामा लाग्न अनावश्यक बखेडा निकाल्ने र अडडा अदालत धाउने मेरो  रहर  हुँदै  होइन ।”
 
जोशीले  अहिले  निर्वाचन स्थगित भएको परिस्थतीलाइ बुझिदिन र एनआरएन अमेरिकाप्रती कुनै नकरात्मक सोच नराखि भविष्यमा यसलाई अझ बलियो बनाउने दिशामा  थप  सक्रिय भैरहन सम्बद्ध सबैसँग  आग्रह पनि गरेका छन् । 
 
जोशीले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ–  
 
आदरणीय अमेरिकावासी  आमा बुवा , दाजु भाइ , दिदी बहिनी एवं साथीहरू,
यही अगष्ट ११ र १२ मा हुने भनिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनले फेरि अर्को एउटा मोड लिएको छ । यहाँहरु सबैलाई विदितै छ कि मैलेपनि यो निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएको थिएँ । मेरो उम्मेदवारीको बैधानीकतालाइ लिएर अनेक प्रश्नहरू उठाइए र अनावश्यक विवाद सृजना गरियो । एनआरएन अमेरिकाको टेनीसी राज्यमा दर्ता भएको विधान र एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिको विधान अन्तर्गत रहेरै रितपुर्वक तोकिएकै समयमा मैले अध्यक्ष पदकालागी उम्मेदवारी दिएको थिएँ । बिधानसम्मत र रितपुर्वक  उम्मेदवारी दिंदादिदैपनि निर्वाचन समितिले अध्यक्षका उम्मेदवारहरुको  नामावली सुचीमा मेरो नाम राख्न अस्वीकार गरेपछि उम्मेदवार बन्न पाउने बिधानसम्मत हकको सुरक्षा गर्न र एनआरएन अमेरिकाको निर्वाचनलाई सहजतापुर्वक अगाडी बढने वातावरण बनाउन  मैले पटक पटक सम्बद्ध पक्षहरुसँग आग्रह गरेंकै हुँ । तर कतैवाटपनि न्याय नपाएपछि अन्तरआत्मा र मलाइ माया गर्ने  हजारौँ साथीहरूको आग्रहलाइ ध्यानमा राख्दै न्यायको खोजीमा म अदालत पुग्न बाध्य भएँ। अदालतले तत्काल निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितिले अर्को सूचना प्रकाशित नभएसम्मकालागी निर्वाचनका कार्यक्रम स्थगित गरेको छ । 
 
मलाइ क्षमा गर्नुहोला, किनकि मैले ममाथी परेको अन्यायको विरुद्ध न्याय माग्ने प्रक्रियामा लाग्दा तपाँइ हामी सबैको आस्थाको संस्था गैर आवासीय नेपाली संघ ( एनआरएन) अमेरिकाको निर्वाचन प्रक्रिया केही समयकालागी अबरुद्ध हुन पुगेको छ । मलाइ, हामी सबैको प्यारो संस्था एनआरएनलाई अदालतमा पुरयाउन मन थिएन । तर मेरो सामु  कुनै विकल्प भएन ।  मैले दुइसाता पर्खेंको पनि हुँ। यो बिचमा म अध्यक्षको उम्मेदवार बन्न योग्य रहेका यथेष्ट प्रमाणहरु निर्वाचन समितिलाई पेशपनि गरेँ । तर विधि– विधान र नीतिलाई मान्ने काम निर्वाचन समितिबाट भएन, बरु उल्टै अमुक व्यक्ति र पात्रहरुबाट प्रभावित हुने काम भयो । यसैले म अदालत जान बाध्य भएँ । अदालत मात्र होइन, म त एनआरएन अमेरिकाको  विवाद अन्तर्राष्ट्रिय समन्वय परिषदसम्म पुगोस भन्नेपनि चाहदैनथ्यें । समाजसेवामा लाग्न अनावश्यक बखेडा निकाल्ने र अडडा अदालत धाउने मेरो रहर हुँदै होइन । 
 
म यहाँ सबैलाई के स्पष्ट पार्न चाहन्छु भने एनआरएन अमेरिकाको निर्वाचनलाई बिथोल्ने मेरो कुनै मनशाय छैन र हुनेपनि छैन  । एनआरएन अमेरिकालाई कमजोर र विभाजीत बनाउने कुरा म कल्पनासम्म गर्न सक्दिन । परिस्थतीले मलाइ न्यायको ढोका ढकढकाउन बाध्य बनाएको मात्र हो । सत्य र न्याय स्थापित गर्न कहिलेकाँही तत्काल अप्रिय जस्ता लाग्ने निर्णयहरुपनि गर्न पर्दोरहेछ । तर मलाइ विश्वास छ, अन्तत यसले सत्य र न्याय स्थापित गर्न र थप बिभाजीत हुन लागेको नेपाली समाजलाई जोडन नै मद्दत पुरयाउनेछ । मेरो कारणले कतैबाटपनि एनआरएन अमेरिकालाई कमजोर हुन नदिने विश्वास यहाँहरु सबैलाई दिलाउन चाहन्छु । अहिले निर्वाचन स्थगित भएको परिस्थतीलाइ बुझिदिन र एनआरएन अमेरिकाप्रती कुनै नकरात्मक सोच नराखि भविष्यमा यसलाई अझ बलियो बनाउने दिशामा थप सक्रिय भैरहन म सबैसँग विनम्र आग्रह गर्दछु ।  
 
निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनु भएका साथीहरुलाइपनि वर्तमान परिस्थतीलाइ बुझिदिइ केही समय पर्खन हार्दिक अनुरोध गर्दछु । 
 
खास निश्चित समयमा लागेको चोट, ठिक हुन पनि निश्चित समय नै पर्खनुपर्छ । 
 
मलाइ लाग्छ–सोच, संस्कार र संयन्त्र ठिक भए धेरै कुरा ठिक हुन्छन् । सोचमा नवीनता, संस्कारमा सुधार र संयन्त्रमा चुस्तता, एनआरएन अमेरिकाको आजको आवश्यकता हो । सोचमा नवीनता,  संस्कारमा सुधार र संयन्त्रमा चुस्तता भयो भने एनआरएन अमेरिकामात्र  होइन, कुनै पनि व्यक्ति वा संस्थाले सफलता प्राप्त गर्न सक्छ। म यही सूत्र लिएर एनआरएन अमेरिकाको नेतृत्व लिन कस्सिएको हुँ। परम्परागत रूपमा पद तथा शक्ति आर्जन गर्न र  नेपालीमाझ नै अनावश्यक चलखेल गर्न  मैले एनआरएन अमेरिकाको अध्यक्षकालागी  उम्मेदवारी दिएको होइन ।  व्यवसायमा आजसम्म प्राप्त गरेको सफलताको अनुभवलाई समाज सेवामा लागु गर्न र एनआरएन अमेरिकालाई एउटा सफल र प्रभावकारी संस्थाका रूपमा स्थापती गर्न मैले उम्मेदवारी दिएको हुँ । 
 
नेपालतीर फर्केर पदको धाक लगाउने तर अमेरिकाभित्र रहेका नेपालीका हितमा सिन्कोपनि नभाँच्ने परम्परागत नेतृत्व र शैली विरुद्ध हो–मेरो उम्मेदवारी । म त, अमेरिकामा रहनु भएका हर–नेपालीसँग जोडीन, यिनै नेपालीलाई सक्षम बनाउन र सक्षम बनेका नेपालीलाई मातृभुमिप्रतीको कर्तव्य र दायित्व सम्झाउन उम्मेदवार बनेको हुँ । यो अभियानमा म निरन्तर लागीनैरहनेछु । 
 
हालका लागी स्थगित भएको निर्वाचन प्रक्रिया छिटटै फेरि सुरु हुने र त्यतीबेलापनि तपाँइहरुको साथ–सहयोग पाइरहने अपेक्षा गर्दछु । 
 
अन्त्यमा, फेरिपनि परिस्थतीलाइ बुझिदिन,  एनआरएन अमेरिकाप्रतीको माया र सदभावलाइ कत्तीपनि कम नगर्न र समयलाई पर्खन यहाँहरु सबैलाई  बिनम्र अनुरोध गर्दछु । 
 
गौरीराज जोशी  
एनआरएन अमेरिकाको अध्यक्षको उम्मेदवार
 
यो पनि पढ्नु होला:

अदालतले विपक्षीको भनाई पनि सुन्ने (टेनेसी अदालतको अन्तरिम आदेशको पुर्ण फैसला सहित)

एनआरएनको चुनाव स्थगित

अब के गर्लान सोनाम र बन्दिताले ?