मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लसएन्जलसमा रक्तदान सम्पन्न

लसएन्जलसमा रक्तदान सम्पन्न


लस एञ्जलस (क्यालिफोर्निया)-  ब्लड डोनर्स अफ अमेरिकाको क्यालिफोर्निया च्याप्टरको आयोजनामा लस एन्जलसमा ‘बिशेष रक्तदान’ कार्यक्रम सम्पन्न भएको छ ।
         
ब्लड डोनर्स अफ अमेरिका,क्यालिफोर्निया ले अमेरिका नेपाल सोसाईटी क्यालिफोर्निया तथा लस एञ्जलस गुरूङ समाजसँगको सम्युक्त आयोजनामा शुक्रबारअका लस एञ्जलसको सान फर्नाण्डो भ्याली स्थित भ्याली हिन्दू मन्दिरमा "बिशेष रक्तदान"  रक्तदान कार्यक्रम समपन्न भएको  हो ।
 
मेरो खेर जाने रगतले कसैको जीबन बँच्छ भने मैले रक्तदान किन नगर्ने ? भन्ने मूल नारा सहित सन्चालन गरिएको उक्त रक्तदान कार्यक्रमा बहुसंख्यक नेपाली मूलका रक्तदाता भएपनि गैर नेपाली मूलका अमेरिकन रक्तदाताहरुले पनि उत्साहपूर्बक रक्तदान  गरेको कुरा आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका,क्यालिफोर्नियाले जनाएको छ ।
सो संस्थाका क्यालिफोर्निया राज्यका संयोजक एकदेव शर्माका अनुसार स्थानिय अन्य सामाजिक संस्थाहरु सँग सहकार्य गरी निकट भबिष्यमा अर्को शहरमा रक्तदान गर्ने तयारी भैरहेको छ ।