मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण

भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण


नयाँ दिल्ली । नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिएका छन् । 
 
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका थिए । 
 
सो समारोहमा भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । 
भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार रहेका उनी ६५ प्रतिशत मत प्राप्त गरी हालैमात्र निर्वाचित भएका थिए ।
 
मंगलबारै बिहान राष्ट्रपति कोविन्दले आफ्नी पत्नीसहित राजघाटस्थित महात्मा गान्धीको स्मारकमा पुगी उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
 
७१ वर्षीय कोविन्दलाई विशेष सवारीका साथ राष्ट्रपति भवनमा प्रवेश गराइएको थियो । त्यस बखत त्यहाँ उपस्थित विशिष्ट व्यक्तिले उनलाई स्वागत गरेका थिए । 
 
भारतीय दलित समुदायको प्रतिनिधित्व गरेका राष्ट्रपति कोविन्दले शपथ ग्रहण पछि दिएको मन्तव्यमा आफूले सधैँ न्याय, समानता र प्रजातन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 
उनले सबै भारतीय नागरिक समग्र भारतको विकासका लागि ऊर्जाको स्रोत हुन् भने । उनको सपथका लागि भारतीय राष्ट्रपति भवन सजाएर निकै आकर्षक बनाइएको थियो । रासस / एएफपी