मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

वलिउड कलाकारको विदेशी नागरिकता

वलिउड कलाकारको विदेशी नागरिकता


हिमालयखवर संवाददाता-
हिन्दी सिनेमामा चर्चित थुप्रै वलिउड कलाकार भारतीय नागरिक नभई विदेशी हुन भन्दा अचम्म लाग्छ सक्छ । विश्वव्यापीकरणले यी प्रतिभाशाली कलाकारलाई नागरिकता काममा कुनै वाधा परेको छैन । भारतमा दोहोरो नागरिकताको व्यवस्था छैन । तर, भारतीय मूलका विदेशीलाई भने थुप्रै अधिकारहरू दिइएको छ । यसले गर्दाले यी कलाकारलाई त्यहाँ काम गर्न समस्या परेको सुनिदैंन । नेपाल विदेशमा बस्ने नेपालीका सन्दर्भमा केही उदार छ । नेपालले संविधानमा दोहोरो नागरिकताको व्यवस्था गरेको छ । तर, यो लागु भने भइसकेको छैन । ऐन नियम बन्दै छन्। 
 
विकसित देशको पासपोर्ट हुदां एउटा सजिलो विदेश भ्रमण गर्दा हो । विकसित देशका नागरिकलाई अनएराइभ भिसा हुने भएकाले पनि विदेश जाँदा यसको झन्झट हुदैंन ।को को हुन् त विदेशी पासपोर्ट हुने भारतीय कलाकार दीपिका पादुकोण भारतको बेलगुरुमा वढेकी हुन् । 
 
प्रारम्भिक शिक्षा पनि उनले त्यही लिइन। तर, उनी डेनमार्कमा जन्मेकी हुन् । यही हुदां उनीसँग डेनमार्कको पासपोर्ट छ। यही पासपोर्टमा उनी भ्रमण गर्छिन ।अक्षय कुमारसंग क्यानडाको नागरिकता छ । क्यानडामा उनले घरजग्गा समेत जोडेको वताईन्छ । यही भएर उनले क्यानडामा कहिल्लै पनि मतदान गर्दैनन् ।
 
केही वर्ष यता वलिउडमा चर्चित आलिया भट्टपनि भारतीय होइनन । उनीसँग ब्रिटिस पासपोर्ट छ । आलियाका ामा व्रिटेनकी नागरिक हुन् । यही आधारमा आलियासंग पनि ब्रिटिस नागरिकता भएको हो । कटरीना कैफ हंगकगंमा जन्मेकी हुन् । तर, उनीसँग अहिले ब्रिटिस पासपोर्ट छ ।
 
अमिर खानका भाञ्जा इमरान खान अमेरिकाका नागरिक हुन् । उनी अमेरिका जन्मेका हुदां त्यहीको नागरिक भएका हुन् । उनले अमेरिकी नागरिकता त्याग्दा १० वर्ष बराबरको कर तिर्नु पर्ने हुन्छ । एक पटक अमेरिकाका नागरिकता त्यागी समेपनि पुन लिन पाइँदैन ।
 
नरगिस फाकारी पनि अमेरिकी नागरिक हुन् । बलिउडमा आउनु अघि उनी अमेरिकामा मोडलिगंमा जम्दै थिइन् । जे जवानी दिवानीमा देखिने एलविन शर्मा पनि भारतीय होइनन् । उनी जर्मनीमा जन्मेकी हुन र उनको नागरिकता पनि जर्मनीकै छ । (स्रोत भारतीय संचारमाध्यम)